• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

    एनआरएनका लागि सेयर बजार खुला !

    एनआरएनका लागि सेयर बजार खुला !

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

    कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

    भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

    भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

सौराहाका होटलका पर्यटकको प्रश्न : नेपालको विपदमा कसरी रमाउनु ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ भदौ २०८३,
0
सौराहाका होटलका पर्यटकको प्रश्न : नेपालको विपदमा कसरी रमाउनु ?
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।

अध्यक्ष पाण्डे आफ्नो जस्तै अन्य होटलको पनि अवस्था उस्तै रहेको जानकारी दिनुहुन्छ । नेपालमा सीमित भूभागबाहेक अन्य क्षेत्रमा बाढीको कुनै प्रभाव छैन । कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक सञ्चालनमा छन् । यद्यपि, पर्यटकहरूले धमाधम ‘बुकिङ’ रद्द गरिरहेका छन् । यस महिनाका बुकिङ सबै रद्द भएको उनले बताए ।

भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि ‘बुकिङ’ गरेको कार्यक्रम स्थगन गरेका छन् । अध्यक्ष पाण्डले भन्नुभयो “संवादका क्रममा पर्यटकले नेपालमा विपद परिरहेका समयमा आफूहरु त्यहाँ रमाउन नसक्ने जानकारी दिएका छन् । अन्तरराष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम नभएको सन्देश प्रवाह गर्नुपर्छ । ”

गत वर्षको यो समयमा जेनजी आन्दोलनसँगै सुस्ताएको पर्यटन यो वर्ष निकै राम्रो हुने अपेक्षा व्यवसायीले गरेका थिए । सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल भारतीय पर्यटक बढी आउने यो बेलामा बाटोका कारण समस्या भएको जानकारी दिनुहुन्छ । बाढी आउँदाभन्दा सडक अवरुद्ध हुँदा बढी ‘बुकिङ’ रद्द भएको उनको भनाइ छ । उनले भने , “भोटेकोशीमा बाढी आउँदा केही रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएको छ ।”

मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक क्षेत्रमा आउने भारतीय पर्यटकले ‘बुकिङ’ रद्द गर्दा यसको प्रत्यक्ष प्रभाव सौराहामा परेको जनाइएको छ । उनले भने , “अन्तरराष्ट्रियस्तरमा बाढीको प्रभाव सीमित ठाउँबाहेक अन्यत्र छैन भन्ने सन्देश दिनु सक्नुपर्छ ।” होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे विभिन्न देशहरूले नेपाललाई असुरक्षित सूचीमा राखेकाले विदेशी पर्यटकले ‘बुकिङ’ रद्द गरेको बताउछन् । वर्षात्पछि अबका दिनहरूमा क्रमशः स्वदेशी र विदेशी पर्यटक आएर विगतमा सौराहा भरिने गरेको उनले स्मरण गरे । वर्षात्को समयमा पनि शनिबार र आइतबार बिदा हुँदा आन्तरिक पर्यटक आउने गरेकामा बाढी र त्यसपछिको सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटक पनि नआएको उनी बताउँछन् ।

‘सेप्टेम्बर’ र ‘अक्टोबर’ महिनाका लागि गरिएका अधिकांश बुकिङ रद्द भएको उनको भनाइ छ । ‘सेप्टेम्बर’ का सबै बुकिङ रद्द भएका छन् भने अवस्था सुध्रिएमा ‘अक्टोबर’ मा गरिएका केही बाँकी बुकिङ रद्द नहुने अपेक्षा उहाँको छ । त्यसपछिका महिनामा पूर्ववत् अवस्थामा पर्यटक आउने व्यवसायीले आशा गरेका छन् ।
सौराहामा यतिबेला सरदर पाँच प्रतिशत पर्यटक भएको अनुमान छ । गत वर्ष यतिबेला २५ देखि ३० प्रतिशत पर्यटक हुने गरेका थिए । केन्द्रीय सदस्य घिमिरे अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए । सरकारले विश्वका विभिन्न देशमा रहेका राजदूतहरूमार्फत नेपालको अहिलेको अवस्थाका बारेमा सम्बन्धित देशमा सूचना प्रवाह गर्न सकेमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

सौराहाको केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरीले चोकैमा रहेको आफ्नो रेष्टुरेन्ट र होटलसमेत सुनसान भएको जानकारी दिए । विगतमा रेष्टुरेन्ट भिडभाड हुने यो समयमा पर्यटक नआएको जनाउँदै उनले भएका ‘बुकिङ’समेत रद्द भएको बताए । ‘बुकिङ’ रद्द भएको अवस्था हेर्दा ‘नोभेम्बर’सम्म नकारात्मक देखिएको उनको भनाइ छ । भोटेकोशी बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत परेका कारण अन्तरराष्ट्रिय जगत्मा नेपाल असुरक्षित छ भन्ने सन्देश पुगेको व्यवसायी गुनासो गर्दछन् । सीमित भूगोलामा बाढीको प्रभाव रहे पनि नेपालका अन्य भूभाग सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । यसका बारेमा अन्तरराष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न नसक्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको जनाइएको छ ।

सौराहामा १२० भन्दा बढी होटल छन् । जहाँ पाँच हजारभन्दा बढी पर्यटकलाई एकैदिन राख्न सक्ने क्षमता छ । यहाँबाट काठमाडौँ दैनिक पर्यटक बस चल्ने गरेकामा पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएसँगै ती बस रोकिएका छन् । हवाई भाडा महँगो र उच्च चापका हुँदा पर्यटक सहजै आउने परिस्थिति छैन । मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यहाँ बस्ने गर्दथे । यस्तै देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा, सम्मेलन गर्न नेपाली यहाँ आउने गर्दछन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई लिने गरिन्छ । सफारी पर्यटनको हिसाबले यो पहिलो गन्तव्य हो ।

अघिल्लो समाचार

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

अर्को समाचार

मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
आवाज

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !
आर्थिक

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा
फिचर-ब्यानर

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने
फिचर-ब्यानर

कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

१४ कात्तिक २०८३,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आवाज

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

१४ कात्तिक २०८३,
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
आवाज

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

१४ कात्तिक २०८३,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

१४ कात्तिक २०८३,
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन