• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
७ भदौ २०८३,
0
बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । मुक्तिनाथ क्षेत्रका विभिन्न गाउँमध्ये पहिलो यार्तुङ पर्व मुस्ताङको खिङ्गा गाउँबाट सुरु गरिएको हो ।

बर्खायामलाई बिदाइ र हिउँदयामको मौसमलाई स्वागत गर्दै मुक्तिनाथ क्षेत्रका स्थानीयले बर्सेनि यार्तुङ पर्व मनाउने प्रचलन रहेको छ । शनिबार मुस्ताङको खिङ्गा गाउँबाट सुरु भएको यार्तुङ जनपूर्णिमाको दिनमा मुस्ताङको पुराङ रानीपौवा र झारकोट गाउँका स्थानीयले संयुक्त रुपमा यार्तुङ मनाउने गरिएको छ ।

यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति भन्ने बुझिन्छ । स्थानीय भाषामा यार्तुङको शाब्दिक अर्थ बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको जनाउँछ । खिङ्गा गाउँका स्थानीय छिचु गुरुङले यार्तुङ पर्वमा गाउँका पुरुष र महिला मिलेर संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी यार्तुङ पर्व मनाउने गरिएको बताउनुभयो । स्थानीय गुरुङका अनुसार शनिबार भएको मुक्तिनाथ क्षेत्रको पहिलो यार्तुङमा खिङ्गा गाउँवासीले मुक्तिनाथ मन्दिरको दर्शन गरी यार्तुङ पर्व मनाएको जानकारी दिनुभयो ।

खिङ्गा गाउँबाट सुरु भएको मुक्तिनाथ क्षेत्रको यार्तुङ पर्वमा खिङ्गा गाउँका पुरुष र महिला टोलीहरु मौलिक वेषभूषामा चिटिक्क सजिएर गाउँको समाजघरमा जम्मा हुन्छन् । त्यसअघि गाउँका स्थानीय पुरुषहरुले घोडाचढीको तयारी र व्यवस्थापन गर्छन् । महिलाले मीठामीठा खानेकुराका परिकार बनाएर राख्छन् । बिहानको खाना संयुक्त रुपमा गाउँको समाजघरमै खानपान गरी पुरुष मौलिक पहिरनमा सजिएर घोडामा सवार हुन्छन् । घोडामा सवार पुरुषको अघिअघि महिलाले यार्तुङ पर्वसम्बन्धी स्थानीय भाषामा गीत गाउँदै मुक्तिनाथतर्फ उकालो उक्लिन्छन् ।

खिङ्गा गाउँबाट घोडामा सवार गरेका पुरुषको अघिअघि हुँदै महिला स्थानीय गीत गाउँदै झारकोट र पुराङ रानीपौवा हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्छन् । मुक्तिनाथ मन्दिरमा दर्शन गरी खिङ्गा गाउँको यार्तुङ टोली मन्दिर नजिकै रहेको गुम्बामा पुगेर दर्शन गरी जलपान गर्छन । त्यहाँ स्थानीय गीत गाउँदै स्याब्रो नाच नाच्छन् ।

खिङ्गाबाट मुक्तिनाथ दर्शन गर्न पुगेको खिङ्गा गाउँको यार्तुङ टोली दिउँसो चार बजेपछि मात्रै पुन यार्तुङ पर्वसम्बन्धी गीत गाउँदै फेरि रानीपौवा बजारमा झर्छन् । मुक्तिनाथ रानीपौवामा खिङ्गा गाउँको यार्तुङ पर्व मनाउने आफ्नै भूमि रहेको छ । मुक्तिनाथ मन्दिरबाट फर्किएरपछि खिङ्गा गाउँका पुरुषहरुले रानीपौवा बजार क्षेत्रमा घोडा कुदाउँछन् । घोडाचढी कला प्रदर्शन गरेपछि साँझपख स्थानीय पुरुष र महिलाले संयुक्त रुपमा स्थानीय गीत गाउँदै स्याब्रो नाच देखाउँछन् ।

खिङ्गाबाट मुक्तिनाथ हुँदै रानीपौवा झरेर यार्तुङ पर्व मनाएका स्थानीय पुनः बेलुकापख पुरुष घोडामा सवार हुने र त्यसको अघिअघि महिलाले स्थानीय भाषाको गीत गाउँदै गाउँ फर्किन्छन् र खिङ्गा गाउँको यार्तुङ सकिन्छ । बारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष एवं खिङ्गा गाउँका स्थानीय प्रमेश गुरुङले यार्तुङ पर्व हिमाली संस्कृति र सभ्यता भएको बताउनुभयो । यार्तुङ पर्वले सदियाँै वर्षदेखि चल्दै आइरहेको घोडाचढी संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्दै गाउँवासीमा एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने सन्देश प्रवाह हुने गुरुङले बताउनुभयो ।

Previous Post

सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

Next Post

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
समाचार

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

७ भदौ २०८३,
सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन
फिचर-ब्यानर

सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

७ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

७ भदौ २०८३,
Load More
Next Post
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In