काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (शुक्रबार) को केन्द्रिय समिति बैठक सम्पन्न गरे लगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल शुरु हुने भएको छ ।
आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आजदेखि प्रदेश समन्वय समितिको बैठक शुरु हुन लागेको हो । जसअनुसार प्रदेश–१ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएका छ ।
मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुनेछन् ।