• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हर्मुज खोल्न जर्मनीको आग्रह

metakhabar by metakhabar
२७ साउन २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच हर्मुजको जलघाँटीको सुरक्षा, त्यहाँको आवागमन तथा जारी द्वन्द्व अन्त्य गर्ने उपायबारे फोनवार्ता भएको छ । वार्ताका क्रममा जर्मनीले सबै जहाजका लागि सुरक्षित तथा स्वतन्त्र आवागमन सुनिश्चित गर्न कुनै सर्तबिना हर्मुजको जलघाँटी खुला राख्न आग्रह गरेको छ ।

इरानी विदेशमन्त्री अराघचीले जलघाँटीमा सुरक्षा कायम गर्न अमेरिकी सैन्य कारबाही रोकिनुपर्ने बताउनुभएको छ । उहाँले अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेको आरोप लगाउँदै त्यस्तो कारबाही जारी रहेसम्म जलमार्गको सुरक्षा सुनिश्चित गर्न कठिन हुने बताउनुभएको हो ।

अराघचीले अन्तर्राष्ट्रिय समुदायलाई हर्मुजको जलघाँटी बन्द भए त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा तथा आर्थिक असरका लागि अमेरिकालाई जिम्मेवार ठहराउनसमेत आग्रह गर्नुभएको छ ।

जर्मन विदेशमन्त्री वाडेफुलले भने क्षेत्रीय छिमेकी तथा अमेरिकासँग द्वन्द्व अन्त्य गर्ने उपाय खोज्न रचनात्मक रूपमा वार्तामा सहभागी हुन अराघचीलाई आग्रह गर्नुभएको बताउनुभएको छ । उहाँले जलघाँटीमा सबै जहाजको आवागमन स्वतन्त्र र सुरक्षित हुनुपर्नेमा जोड दिनुभएको छ ।

हर्मुजको जलघाँटी विश्वको महत्त्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक हो । यस क्षेत्रको तनावका कारण जलमार्गमा जहाजको आवागमन प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति र आर्थिक गतिविधिमा असर पर्न सक्ने चिन्ता बढेको छ ।

यसैबीच, इरानको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिसम्बन्धी संसदीय आयोगले आइतबार पर्सियन खाडी र हर्मुजको जलघाँटीमा क्षेत्रीय सुरक्षा तथा दिगो विकास सुदृढ गर्ने उद्देश्यले रणनीतिक पहलको विस्तृत मस्यौदा पारित गरेको छ ।

इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार आयोगका प्रवक्ता हसन कासकवीले सांसदहरूले सम्बन्धित सरकारी निकाय तथा संस्थाका प्रतिनिधिसँग प्रस्तावित योजनाबारे छलफल गरेको बताउनुभएको छ । समितिका सदस्यहरूले सम्बन्धित निकायबाट प्राप्त मौखिक तथा लिखित सुझावको समीक्षा गरेपछि योजनाको सामान्य रूपरेखालाई सर्वसम्मतिले समर्थन गरेका थिए ।

‘हर्मुजको जलघाँटी र पर्सियन खाडीको सुरक्षा तथा दिगो प्रगतिका लागि रणनीतिक कार्य’ शीर्षकको विधेयक प्रस्ताव गत जुलाई १३ मा इरानी संसद्मा औपचारिक रूपमा पेस गरिएको थियो ।

यसअघि शनिबार विदेशमन्त्री अराघचीले ओमानसँग हर्मुजको जलघाँटीमार्फत हुने जहाज आवागमन व्यवस्थापनका लागि कानूनी संयन्त्र निर्माण गर्ने विषयमा सहमति निकै नजिक पुगेको बताउनुभएको थियो । यद्यपि, रणनीतिक जलमार्ग पुनःखोल्न थप सर्त पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

अराघचीका अनुसार ती सर्तमा यसअघि भएको समझदारी उल्लङ्घन गरेको भन्दै अमेरिकाबाट क्षतिपूर्ति प्राप्त गर्ने विषयसमेत समावेश छ । इरानले जलघाँटीको आवागमनसँग सम्बन्धित विषयलाई क्षेत्रीय सुरक्षा तथा आफ्नो सार्वभौमिकतासँग जोडेर हेर्दै आएको छ भने जर्मनीसहितका पश्चिमी मुलुकले सबै जहाजका लागि निर्बाध तथा सुरक्षित अन्तर्राष्ट्रिय जलमार्ग सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

Previous Post

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

Next Post

चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

metakhabar

metakhabar

सम्बन्धित खबर

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन
आर्थिक

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

१८ अशोज २०८३,
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
आर्थिक

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

१८ अशोज २०८३,
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
आर्थिक

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

१८ अशोज २०८३,
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
Load More
Next Post
चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In