• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’

    बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

    बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

    तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ साउन २०८३,
0
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन।

पोखराको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरद्वारा आयोजित छलफलमा उनले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताए। पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि नियमित अन्तरदेशीय उडान हुनुपर्ने उनको भनाइ छ।

मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जलसम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताए।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले विकास साझेदारसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेका जनाउँदै दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेका बताए। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ।

‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको छ,’ प्रमुख आचार्यले भने। कार्यक्रममा पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलगायतको सहभागिता थियो।

Previous Post

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?
फिचर-ब्यानर

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

२३ साउन २०८३,
एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो
समाचार

एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

२३ साउन २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
आवाज

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

२३ साउन २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
फिचर-ब्यानर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

२३ साउन २०८३,
तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न
समाचार

तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

२३ साउन २०८३,
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
समाचार

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

२३ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In