• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

    बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

    मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ साउन २०८३,
0
विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। विदेशी विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (युजिसी)मार्फत सञ्चालनमा आएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

आयोगले समकक्षता सेवाका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ । हाल नियमावली अर्थ मन्त्रालयबाट राय–परामर्श लिने प्रक्रियामा रहेको र स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।

नियमावली स्वीकृत नभइसके पनि सेवा अवरुद्ध हुन नदिन आयोगले आवश्यक पूर्वाधार तयार गरी साउन ६ गतेदेखि अनलाइन आवेदन दर्ता प्रणाली सञ्चालनमा ल्याएको छ ।

आयोगको संस्थागत संरचना पूर्ण रूपमा तयार नहुँदासम्म भने साउन १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्दै आएको कार्यप्रक्रिया, आधार र मापदण्डका आधारमा त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

आयोगका अनुसार समकक्षताका लागि प्राप्त आवेदनको आन्तरिक प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया सुरु भइसकेको छ । विद्यार्थीले साउन २० गतेदेखि समकक्षता शुल्क भुक्तानी गर्न सुरु गरेका छन् भने प्रमाणीकरण प्रक्रिया पूरा भएपछि समकक्षता प्रमाणपत्र उपलब्ध गराइनेछ ।

नयाँ प्रणालीमा हालसम्म तीन हजार १६२ जना प्रयोगकर्ता दर्ता भइसकेका छन् भने करिब एक हजार आवेदन प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

विद्यार्थीले आयोगको आधिकारिक अनलाइन पोर्टलमार्फत जुनसुकै स्थानबाट समकक्षताका लागि आवेदन दिन, शुल्क भुक्तानी गर्न तथा डिजिटल प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ । आयोगले नयाँ प्रणालीबाट समकक्षता सेवालाई थप छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरेको छ ।

Previous Post

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

Next Post

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

metakhabar

metakhabar

सम्बन्धित खबर

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने
अन्तर्राष्ट्रिय

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

२१ साउन २०८३,
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
फिचर-ब्यानर

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

२१ साउन २०८३,
भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने
समाचार

भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

२१ साउन २०८३,
बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय
फिचर-ब्यानर

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

२१ साउन २०८३,
मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
आर्थिक

डेन्यूबमा युद्धपोत फेरि देखिए
अन्तर्राष्ट्रिय

डेन्यूबमा युद्धपोत फेरि देखिए

२१ साउन २०८३,
Load More
Next Post
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In