• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

येन स्थिरतामा अमेरिकाको जोड

metakhabar by metakhabar
२० साउन २०८३,
0
येन स्थिरतामा अमेरिकाको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिनुभएको छ । उहाँले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पार्नुभएको छ ।

सिएनबीसीसँग मङ्गलबारको अन्तर्वार्तामा बेसेन्टले सन् १९९० को दशकको अन्त्यतिरको एसियाली वित्तीय सङ्कट स्मरण गर्दै अत्यधिक कमजोर येनले अन्य एसियाली मुद्रामाथि पनि दबाब सिर्जना गर्न सक्ने बताउनुभयो । उहाँका अनुसार येन अत्यधिक कमजोर भए त्यसको प्रभाव कोरियाली वोनलगायत अन्य क्षेत्रीय मुद्रामा पनि पर्न सक्ने र चिनियाँ रेन्मिन्बीको मूल्याङ्कनबारे अन्तर्राष्ट्रिय बजारमा विभिन्न धारणा रहेको छ ।

गत साता सन् १९९८ यताकै पहिलो पटक अमेरिका र जापानले संयुक्त रूपमा येन खरिद हस्तक्षेप गरेका थिए । उक्त हस्तक्षेपअघि येन अमेरिकी डलरको तुलनामा करिब १६४ येन प्रतिडलरसम्म झरेर झन्डै चार दशकयताकै कमजोर अवस्थामा पुगेको थियो ।

बेसेन्टले जापानको अर्थतन्त्रको आकार, विश्व व्यापारमा यसको भूमिका तथा अन्तर्राष्ट्रिय बचत बजारमा जापानको योगदानलाई दृष्टिगत गर्दा स्थिर येन विश्व अर्थतन्त्रका लागि आवश्यक रहेको बताउनुभयो । जापान अमेरिकी सरकारी ऋणपत्रको सबैभन्दा ठूलो धारक भएकाले एकल हस्तक्षेपका क्रममा अमेरिकी ट्रेजरी ऋणपत्र बिक्री हुन सक्ने र त्यसले अमेरिकी ऋण बजारमा दबाब पर्न सक्ने चिन्ता पनि वासिङ्टनमा रहेको जनाइएको छ ।

विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले अमेरिकी व्यापार घाटा कम गर्ने नीति तथा सन् २०२५ को व्यापार सम्झौताअन्तर्गत जापानले अमेरिकामा पाँच खर्ब ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धतालाई पनि यस कदमसँग जोडेर हेरिएको छ । संयुक्त हस्तक्षेपअघि पनि जापानले आफ्नै प्रयासमा दशौँ अर्ब डलर खर्च गरेर येनलाई समर्थन गरेको थियो, तर मुद्रा निरन्तर कमजोर बन्दै गएको थियो ।

येनको अवमूल्यन हुनुका कारणमा जापान र अमेरिकाबीचको ब्याजदर अन्तर, उच्च अन्तर्राष्ट्रिय तेल मूल्य तथा प्रधानमन्त्री साने ताकाइचीका खर्चमुखी योजनाले जापानको सार्वजनिक ऋण थप बढ्न सक्ने चिन्तालाई लिइएको छ ।

संयुक्त हस्तक्षेपपछि वासिङ्टन र टोकियोले आवश्यक परे पुनः बजारमा हस्तक्षेप गर्न सक्ने सङ्केत दिएका छन् । बुधबारसम्म येन गत महिनाको न्यून विन्दुभन्दा करिब चार प्रतिशतले मजबुत भएको थियो ।

बेसेन्टले अन्ततः विनिमय दर बजारका तत्कालीन सङ्केतभन्दा पनि जापानको आर्थिक र मौद्रिक नीतिले निर्धारण गर्ने बताउनुभयो । यसैबीच, गोल्डम्यान स्याक्सका अनुसन्धानकर्ताले संयुक्त हस्तक्षेपले तत्काल प्रभाव पार्न सक्ने भए पनि विश्व आर्थिक अवस्था र जापानको घरेलु नीतिमा ठोस परिवर्तन नभएसम्म यसको प्रभाव दीर्घकालीन नहुने विश्लेषण गरेका छन् । उनीहरूले अमेरिकी ट्रेजरीको संलग्नतालाई येनको विनिमय दर नियन्त्रणभन्दा पनि अमेरिकी ऋण बजारमा अनावश्यक अस्थिरता कम गर्ने उद्देश्यसँग बढी सम्बन्धित रहेको बताएका छन् ।

Previous Post

इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

Next Post

अनि हुन्छ… जमल जलमग्न

metakhabar

metakhabar

सम्बन्धित खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
आर्थिक

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

४ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आवाज

‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
Load More
Next Post
अनि हुन्छ… जमल जलमग्न

अनि हुन्छ… जमल जलमग्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In