• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण

    रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ साउन २०८३,
0
व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयले विराटनगरका व्यवसायी प्रकाश मुदन्डाको घरमा गरिएको खानतलासी प्रकरणमा मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटवालसँग स्पष्टीकरण मागेको छ।

प्रदेश प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेर गरिएको खानतलासीबारे प्राप्त सूचना, उपलब्ध विवरण र प्रारम्भिक तथ्यका आधारमा उक्त कारबाहीको वैधानिकता, औचित्य, निर्णय प्रक्रिया तथा कार्यसम्पादनबारे गम्भीर कानुनी, सुरक्षा र कार्यविधिगत प्रश्न उठेको जनाएको छ।

कार्यालयका अनुसार प्रहरीको कार्यसम्पादन कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकता, जवाफदेहिता तथा प्रचलित कानुन र प्रहरी नियमावलीअनुसार हुनुपर्ने भए पनि उक्त घटनामा ती मापदण्डको स्पष्ट पालना भएको नदेखिएको प्रारम्भिक निष्कर्ष छ।

यसै आधारमा एसपी कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए वा स्पष्टीकरण सन्तोषजनक नभए प्रहरी ऐन, प्रहरी नियमावली तथा प्रचलित कानुनअनुसार विभागीय कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

गत सोमबार बिहान प्रहरीले ‘विशेष सूचनाको आधार’ भन्दै व्यवसायी मुदन्डाको घरमा करिब साढे पाँच घण्टा खानतलासी गरेको थियो। तर कुनै आपत्तिजनक सामग्री फेला नपरेपछि प्रहरी टोली फर्किएको थियो।

उक्त घटनापछि प्रहरीको कार्यशैलीको चौतर्फी आलोचना भइरहेको छ भने विषय प्रतिनिधिसभामा समेत उठेको छ।

Previous Post

रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

Next Post

सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

१९ साउन २०८३,
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
आर्थिक

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

१९ साउन २०८३,
सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
समाचार

सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

१९ साउन २०८३,
रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग
समाचार

रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

१९ साउन २०८३,
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आर्थिक

सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

१९ साउन २०८३,
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
आवाज

Load More
Next Post
सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In