• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ साउन २०८३,
0
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अर्को महासचिव छनोटको प्रक्रिया सुरु गरेको छ । उच्च ओहोदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि सात उम्मेदवारहरूप्रतिको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया शुरू भएको छ ।

एन्टोनियो गुटर्रेसको दोस्रो पाँच वर्षे कार्यकाल सन् २०२६ डिसेम्बर ३१ मा सकिँदैछ । उहाँको उत्तराधिकारी बन्न हालसम्म चार महिला र तीन पुरुष उम्मेदवारको दौडमा छन्।

चिलीकी मिसेल बाचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाका रेबेका ग्रिन्स्पान, युगान्डाका ओलारा ओटुनु, गुयानाकी क्यारोलिन रोड्रिग्स–बिरकेट र सेनेगलका माकी सालले गुटर्रेसको उत्तराधिकारी बन्ने प्रतिस्पर्धाका लागि मैदानमा आउने घोषणा गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख ग्रोसीको नाम सबैभन्दा बढी चिनिएको भए पनि पर्यवेक्षकहरूको भनाइमा अहिलेसम्म कुनै स्पष्ट अग्रपङ्क्ति छैन। यो दौड धेरै महिनासम्म पनि लम्बिन सक्छ।

पाकिस्तानका संयुक्त राष्ट्र संघका राजदूत आसिम अहमद भेलामा आउँदै भन्नुभयो, “यो प्रक्रियाको महत्त्वपूर्ण सुरुवात हो। उत्कृष्ट उम्मेदवार छान्नु महत्त्वपूर्ण छ।”

सुरक्षा परिषद्का पाँच स्थायी सदस्य—अमेरिका, रूस, चीन, फ्रान्स र बेलायतले अझै आफ्नो प्राथमिकता सार्वजनिक नगरेका कारण कूटनीतिज्ञहरू नतिजाको अनुमान गर्न हिचकिचाउँछन्।
संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ कूटनीतिज्ञले भन्नुभयो, “मेरो अनुमान तपाईंकोे जत्तिकै रोचक छ।”

कुनै उम्मेदवारले सुरक्षा परिषद्का १५ मतमध्ये आवश्यक नौ मत पाए पनि पाँच प्रमुख शक्तिहरू, जसको बीचमा गहिरो विभाजन छ, को भिटोबाट बच्नुपर्छ।

यी दुवै अवस्था पार गरेपछि मात्र उम्मेदवारको नाम सबै सदस्य राष्ट्रहरूको महासभामा पुष्टि गर्न पठाइन्छ ।

बिहीबार परिषद्का १५ सदस्यहरूले बन्द ढोकाभित्र बसेर पहिलो अनौपचारिक मतदान (स्ट्र पोल) मार्फत उनीहरूको उम्मेदवारीप्रतिको समर्थनको परीक्षण गरिएको थियो । यो अनौपचारिक प्रणाली सन् १९८० को दशकको सुरुमा दुई उम्मेदवारबीच भिटोका कारण अड्किएको गतिरोध तोड्न बनाइएको थियो ।

अस्पष्ट प्रक्रियाको आलोचना गर्ने देशहरूको विरोधका बाबजुद यो अनौपचारिक संयन्त्र विभिन्न रूपमा कायम रहँदै आएको छ।

–महिलाको पालो–

प्रत्येक सदस्य राष्ट्रले प्रत्येक उम्मेदवारलाई गोप्य रूपमा ‘प्रोत्साहन’, ‘निरुत्साहन’ वा ‘कुनै राय छैन’ भन्ने तीन तहमध्ये एकलाई छान्नुपर्छ ।

यसले समर्थन नपाएका उम्मेदवारलाई सम्मानपूर्वक बाहिरिन मौका दिन्छ । यद्यपि उनीहरू बाहिरिन नचाहेमा बाहिरिन बाध्य हुने छैनन्।

केही हप्तासम्म चल्ने यस प्रक्रियाको पहिलो चरणमा सबै मतपत्र एउटै रङका हुन्छन्।

तर केही मतदानपछि पाँच स्थायी सदस्यका मतपत्र अन्य निर्वाचित सदस्यका भन्दा फरक रङका हुन्छन्। यसले सम्भावित भिटो पहिचान गर्न सकिन्छ, तर कुन देशले कुन उम्मेदवारलाई अस्वीकार गरेको हो भन्ने थाहा हुँदैन।

अन्तर्राष्ट्रिय सङ्कट समूहका रिचार्ड गोवानले एएफपीसँग भन्नुभयो, “अनौपचारिक मतदानले केही उम्मेदवार व्यवहारिक रूपमा अगाडि बढ्न नसक्ने देखाउन सक्छ र उनीहरूलाई सम्मानजनक रूपमा बाहिरिन अनुमति दिन सक्छ । कुनै एक उम्मेदवार निर्णायक सङ्ख्यात्मक अग्रताका साथ निस्किएमा मेरा लागि यो अनौठो बिषय हुनेछ।”

संयुक्त राष्ट्रसङ्घको उच्चतम पद विभिन्न क्षेत्रबीच घुम्ने परम्परा छ।

यस आधारमा यसपटक ल्याटिन अमेरिकाबाट उम्मेदवार आउनुपर्ने हो र त्यहाँबाट धेरै उम्मेदवार छन्।

पानामाका संयुक्त राष्ट्रसंघका राजदूत इलोय अल्फारो दे अल्बाले भन्नुभयो, “विजेता ल्याटिन अमेरिकाकी महिला हुनु प्राथमिकता हुनेछ किनकि धेरै राष्ट्रहरूले पहिलोपटक महिला महासचिव बनाउन जोड दिइरहेका छन्।”

यो पहिलो मतदानअघि एक जनाबाहेक छ जना उम्मेदवारले महासभामा सार्वजनिक सुनुवाइ र परिषद्मा निजी सुनुवाइमा भाग लिएका थिए ।

Previous Post

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

metakhabar

metakhabar

सम्बन्धित खबर

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
अन्तर्राष्ट्रिय

ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

१५ साउन २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

१५ साउन २०८३,
गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने
समाचार

गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

१५ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In