काठमाडौं । सिक्किमका नेपालीभाषीलाई विदेशी मुलका नागरिक भन्ने भारतको सर्वोच्च अदालतको फैसला सच्चिने भएको छ ।
आयकर सम्बन्धी विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका नागरिक भएको फैसलामा उल्लेख गरेको थियो ।
भारतीय सर्वोच्च अदालतको फैसलापछि फैसलाविरूद्ध सिक्किममा आन्दोलन चर्किएको थियो । सिक्किम राज्य सरकारले नेपालीभाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले फैसला सच्याउने आदेश गरेको हो ।
पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो ।