• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

    हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१० साउन २०८३,
0
दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ ।

वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएका छन् । आन्तरिक पर्यटकसँगै चिनियाँ र भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा पनि बढेको उनीहरूको कथन छ ।

क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनालका अनुसार वर्षायाममा सामान्यतया पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकको हिस्सा करिब ३० प्रतिशत रहने गरे पनि यस वर्ष समग्र होटलको अकुपेन्सी करिब ५० प्रतिशत पुगेको छ ।

उनका अनुसार सातामा दुई दिन बिदा लागू भएपछि गत वर्षको यही अवधिको तुलनामा आन्तरिक पर्यटक करिब २५ प्रतिशतले बढेका छन् । विद्यालय तथा कलेजमा समेत बिदा परेकाले आन्तरिक पर्यटन थप चलायमान भएको उनले बताए ।

भारतीय पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको उनले जानकारी दिए । सडक पूर्वाधारका कारण अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको उल्लेख गर्दै आउन चाहेका केही आन्तरिक तथा विदेशी पर्यटक अन्य गन्तव्यतर्फ गएको उनको भनाइ छ । पोखरालगायत पहाडी गन्तव्यमा भारतीय पर्यटकको आगमन उल्लेख्य रहेको उनले बताए ।

केही वर्षअघिसम्म वर्षायाममा सौराहाका कतिपय होटल बन्द हुने अवस्था रहे पनि पछिल्ला वर्षमा होटल व्यवसाय विस्तार भएसँगै वर्षायामलाई लक्षित गरी बजार प्रवद्धनसमेत गर्न थालिएको छ ।

क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले सातामा दुई दिनको बिदाले पर्यटन क्षेत्र प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । उनका अनुसार दुई दिनमध्ये एक दिन पर्यटकको चाप कम भए पनि अर्को दिन उल्लेख्य वृद्धि हुने गरेको छ ।

केही दिनअघि भारतको कोलकाता भ्रमणका क्रममा त्यहाँका पर्यटन व्यवसायीले नेपाललाई यस वर्ष आकर्षक गन्तव्यका रूपमा लिन थालेको जानकारी दिएका उनले बताए । भारतीय सरकारले विदेशी मुद्रा सञ्चिति बढाउने नीति अवलम्बन गरेको, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्य गन्तव्यप्रति आकर्षण घटेको तथा थाइल्यान्डले भिसा प्रक्रियामा कडाइ गरेकाले भारतीय पर्यटकले नेपाल रोज्न थालेका उनको विश्लेषण छ । यसको प्रभाव सौराहामा पनि परेको उनले बताए । सडकलगायत भौतिक पूर्वाधार भएमा अझ धेरै पर्यटक आकर्षित हुने उनको ठम्म्याइ छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष दीपक भट्टराईले पनि दुईदिने बिदाका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष पर्यटक बढेका बताए । दुई दिन बिदा हुँदो आन्तरिक पर्यटकको आगमन बढेको उनको अनुभव छ ।

दुईदिने सार्वजनिक बिदाको प्रभाव जिल्लाका अन्य पर्यटकीय गन्तव्यमा पनि परेको छ । पटिहानीस्थित होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले गत वर्षको तुलनामा यस वर्ष पर्यटक बढेका र त्यसको प्रमुख कारण दुईदिने बिदा भएको बताए ।

सौराहामा हाल १४१ होटल सञ्चालनमा छन् । पश्चिम चितवनका पटिहानी, जगतपुर र मेघौलीमा पनि सुविधासम्पन्न होटल छन् । यिनको दैनिक १० हजार पर्यटकलाई सेवा गर्नसक्ने क्षमता छ ।

चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न जीप सफारी, हात्ती सफारी, डुङ्गा सयर गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।

Previous Post

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

metakhabar

metakhabar

सम्बन्धित खबर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

१० साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन
समाचार

हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

१० साउन २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१० साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In