• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

    पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द

    मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

metakhabar by metakhabar
३ साउन २०८३,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुनुहुने भएको छ । स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उहाँले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको छ ।

न्यु जर्सीमा हुने उक्त फाइनल ट्रम्पले प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ । यद्यपि, प्रतियोगिताका क्रममा उहाँको भूमिकाले यसअघि नै विवादसमेत निम्त्याएको छ ।

अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएपछि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो ।

विवादका बाबजुद ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिताको सङ्ज्ञा दिनुभएको छ । उहाँका अनुसार यस प्रतियोगिताले संयुक्त राज्य अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता थप बढाएको छ ।
ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उहाँका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनल खेलमा उपस्थित रहने जनाइएको छ ।

कूटनीतिक भेटघाटको अवसर

विश्वकपको फाइनल खेल खेलकुदसँगै कूटनीतिक भेटघाटको अवसर पनि बन्ने अपेक्षा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि फाइनल हेर्न उपस्थित हुनेछन् । ट्रम्पले हालै स्पेनले नेटोअन्तर्गतको रक्षा खर्चसम्बन्धी दायित्व पूरा नगरेको भन्दै आलोचना गर्नुभएको थियो ।

प्रतियोगिताका सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ । अमेरिका, क्यानडा र मेक्सिकोबीच व्यापार, आप्रवासन र सुरक्षालगायतका विषयमा पछिल्लो समय मतभेद देखिँदै आएको छ ।

ट्रम्पको उपस्थितिलाई ध्यानमा राख्दै न्यु जर्सीस्थित रङ्गशाला वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उहाँ आउने समय रङ्गशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ ।

इन्फान्टिनोसँगको निकट सम्बन्ध

ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुभएको छ । उहाँले विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजना गर्ने अधिकार अमेरिकाले प्राप्त गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा उल्लेख गर्दै आउनुभएको छ ।

यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरणपछि पनि विजेता टोलीसँगै मञ्चमै बसेको घटनाले चर्चा पाएको थियो । पछि उहाँले उक्त ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गर्नुभएको थियो । तर फिफाले ह्वाइट हाउसमा रहेको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) भएको स्पष्ट पारेको थियो ।

Previous Post

सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

Next Post

विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो

metakhabar

metakhabar

सम्बन्धित खबर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
आर्थिक

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

४ साउन २०८३,
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
जीवन शैली

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

४ साउन २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

४ साउन २०८३,
पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द
आवाज

मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

४ साउन २०८३,
Load More
Next Post
विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो

विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In