• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

    स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

    विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो

    विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतः वाङ्चुकको स्वास्थ्य कमजोर हुँदै गएपछि प्रहरीको पहलमा अस्पतालमा भर्ना

metakhabar by metakhabar
३ साउन २०८३,
0
भारतः वाङ्चुकको स्वास्थ्य कमजोर हुँदै गएपछि प्रहरीको पहलमा अस्पतालमा भर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले जन्तर–मन्तरबाट उठाएर स्थानीय एक अस्पतालमा भर्ना गरेको छ ।

वाङ्चुक पछिल्लो २० दिनदेखि एनइइटी, सिबिएसई, सियुइटी÷एसएससीजस्ता परीक्षाहरूमा कथित प्रश्नपत्र बाहिरिने समस्यालाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भोक हड्तालमा बस्नुभएको थियो । उहाँको स्वास्थ्य बिग्रिँदै गएपछि अदालतको आदेश र चिकित्सकहरूको सल्लाहअनुसार प्रहरीले उहाँलाई अस्पताल पु¥याएको हो ।

सोनम वाङ्चुक अस्पताल भर्ना भएपछि जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका अन्य प्रदर्शनकारीहरूलाई पनि त्यहाँबाट हटाइएको छ । वाङ्चुक २८ जुनदेखि अनशनमा हुनुहुन्थ्यो ।

उहाँले सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहनुभएको थियो र लगातार घट्दो स्वास्थ्य अवस्थाबीच वाङ्चुकले शुक्रबार राति एउटा भिडियो सन्देश जारी गर्नुभएको थियो ।

भिडियोमा उहाँले आफ्नो तौल करिब २० प्रतिशत घटेको र मांसपेशीहरू पनि प्रभावित भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “म अझै जिउँदै छु। मेरो शरीरको करिब २० प्रतिशत तौल घटेको छ । शरीरको बोसोपछि अब अन्य तन्तु र मांसपेशी पनि घट्दै छन् ।” यसपछि भित्री अङ्गहरू प्रभावित हुने र अन्तमा दिमागमा असर पर्ने तर अहिले त्यो अवस्था नआएको उहाँले बताउनुभयो ।

उनले आफ्नो हिम्मत र मानसिक अवस्था अझै बलियो रहेको बताउनुभयो ।

–‘चलो संसद’ मार्चका लागि आह्वान–

आफ्नो सन्देशमा वाङ्चुकले देशवासीहरूलाई २० जुलाईमा प्रस्तावित ‘चलो संसद’ मार्चमा ठूलो संख्यामा सहभागी हुन अपिल गर्नुभएको छ। उहाँले तर्क गर्नुभयो, “यदि प्याजको मूल्य जस्ता मुद्दामा सरकार जवाफदेही बन्न सक्छ भने, करोडौं विद्यार्थीको भविष्य र शिक्षा प्रणालीमा भएको कथित गडबडीमा पनि जवाफदेही हुनुपर्छ।” उहाँले एनइइटी विवादपछि केही विद्यार्थीले आत्महत्या गरेको दाबी गर्दै यसबारे सरकारबाट जवाफ माग्नुभएको छ।

वाङ्चुकको आन्दोलनलाई धेरै नागरिक संस्था र राजनीतिक व्यक्तित्वहरूले समर्थन गरेका छन्। शिवसेना–यूबीटी प्रमुख उद्धव ठाकरेले पनि एनइइटी परीक्षाको गडबडीविरुद्धको आन्दोलनको समर्थन गर्दै केन्द्र सरकारलाई असंवेदनशील भन्नुभएको छ ।

पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता वाङ्चुक २८ जुनदेखि अनशन बसिरहनुभएको थियो । चिकित्सकहरूको टोलीले निरन्तर उहाँको स्वास्थ्य निगरानी गरिरहेको थियो। चिकित्सकहरूका अनुसार लामो समय भोजन नलिँदा उहाँको तौल निरन्तर घटिरहेको छ । ककरोच जनता पार्टीले उहाँको तौल अहिलेसम्म करिब ९ किलो घटिसकेको बताएको छ ।

डा. सतीश लाम्बाले बताएअनुसार शुक्रबार उहाँको तौल ५६.५५ किलो रहेकोमा २४ घण्टापछि शनिबार ३५० ग्राम घटेको छ । शरीरमा पानीको मात्रा हल्का कम रहेको छ । पहिले शरीरको बोसो घटेको, त्यसपछि मांसपेशी प्रभावित हुन थाले र अब लामो समय अनशन जारी रहे अरू अङ्गहरूमा पनि असर पर्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । चिकित्सकीय टोली २४ घण्टा उहाँको निगरानी गरिरहेको छ ।

Previous Post

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

Next Post

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

metakhabar

metakhabar

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

४ साउन २०८३,
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
अन्तर्राष्ट्रिय

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

४ साउन २०८३,
विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो
अन्तर्राष्ट्रिय

विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो

४ साउन २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

३ साउन २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आवाज

सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

३ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
आवाज

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

३ साउन २०८३,
Load More
Next Post
पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In