• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    मध्यावधिअघि ट्रम्पको नयाँ चुनावी आरोप

    क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

    क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

    कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२ साउन २०८३,
0
उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२ /८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ ।

शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्न सफल भएको जानकारी दिनुभयो । फर्छ्यौट भएका मुद्दा देवयानीतर्फ अंशवण्डा, माना चामल, सम्वन्ध विच्छेदलगायतका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जर्बजस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते जालसाजी, बैङिकिङ कसुरलगायत रहेका छन् । न्यायाधीस ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फछ्र्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट हुँदा ८०९ मुद्दा चालु अवस्थामा छन् ।

वार्षिक कार्ययोजना अनुसार अदालतले दुई हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्यअनुसार ७७ दशमलव ७ प्रतिशत उपलब्धि हासिल भएको छ ।

विगत तीन आर्थिक वर्षको तथ्याङ्कले भने फर्छ्यौट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८० /८१ मा ७१ दशमलव ४१ प्रतिशत र २०८१/८२ मा ७५दशमलव ७४ प्रतिशत फछ्र्योट भएको थियो भने आर्थिक वर्ष २०८२ /८३मा यो दर ६२ दशमलव ६० प्रतिशतमा झरेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फर्छ्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाइ छ ।

अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरणकार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको उहाँले जानकारी दिनुभयो । बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा दुई हजार ७३३ र बर्दियामा एक हजार ३१२ मुद्दा फछ्र्योट भएका छन् ।

बाँके जिल्ला अदालतमा कुल सात हजार ४७ वटा मुद्दामध्ये दुई हजार ७३३ मुद्दा फर्छ्यौट भएको छ भने चार हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यसअनुसार बाँके जिल्ला अदालतको फछ्र्योट दर करिब ३८ दशमल ८ प्रतिशत रहेको छ ।

Previous Post

मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Next Post

क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

मध्यावधिअघि ट्रम्पको नयाँ चुनावी आरोप

२ साउन २०८३,
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
समाचार

क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

२ साउन २०८३,
मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिचर-ब्यानर

मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२ साउन २०८३,
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन
फिचर-ब्यानर

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

२ साउन २०८३,
डडेल्धुरामा जीप दुर्घटना: दार्चुलाका दुई जनाको मृत्यु, तीन जना घाइते
फिचर-ब्यानर

डडेल्धुरामा जीप दुर्घटना: दार्चुलाका दुई जनाको मृत्यु, तीन जना घाइते

२ साउन २०८३,
Load More
Next Post
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In