• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    अर्जेन्टिनाको रोमाञ्चक जित

    अर्जेन्टिनाको रोमाञ्चक जित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजधानीका जनप्रतिनिधिद्वारा झोलुङ्गे पुल निर्माणको माग

by
२५ माघ २०७९,
0
राजधानीका जनप्रतिनिधिद्वारा झोलुङ्गे पुल निर्माणको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राजधानी रहेको काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि झोलुङ्गे पुल छिटो निर्माणको माग गर्दै ‘सस्पेन्सन ब्रिज डिभिजन’ धाउन थालेका छन् ।

काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठसहित वडा सदस्य चन्द्रमान डङ्गोल, दिनेशमान जोशी, रेणुकमल शाही र रञ्जिता परियार पुल माग गर्न डिभिजनको कार्यालय पुल्चोक पुग्नुभयो । महानगरपालिकाको बीचमा पर्ने कङ्केश्वरी मन्दिरस्थित विष्णुमती नदीमाथिको करिब दुई सय वर्षअघि बनेको पुल लच्केर करिडोरको सडकमा गुड्ने सवारी छुन थालेपछि दुई महिनाअघि निकालिएको थियो ।

सवारीसाधनले लच्किएको पुलमा ठोक्किएर दुर्घटना हुने जोखिम बढेपछि पुल निकालिएको हो । यस बीचमा विसं २०७४ देखि सात पटकसम्म वडा कार्यालयले पुल मर्मत गरेर सञ्चालन गरेको वडा सदस्य डङ्गोलले बताउनुभयो । पटक–पटक मर्मत गर्दा पनि पुल लच्किन नछाडेपछि नयाँ पुल नआए पनि पुरानो पुल झिक्न बाध्य हुनुपरेको जनप्रतिनिधिको भनाइ छ ।

पुल निकालेपछि स्थानीयवासीलाई विष्णुमती आवतजावत गर्न असहज भएका कारण छिटो निर्माणको माग गर्दै डिभिजन धाउनुपरेको उहाँले बताउनुभयो । पटक–पटक पुल लच्किएपछि गत वर्ष नै डिभिजनले नयाँ निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । कर्चेन कन्स्ट्रक्सन काठमाडौँले पुल निर्माणको ठेक्का पाएको जनाइएको छ । हाल स्थलगतरूपमा कुनै काम नभए पनि फलामको काम कारखानामा सकिएको जानकारी डिभिजनमा निर्माण व्यवसायी कम्पनीले गरेको पनि वडाध्यक्ष श्रेष्ठले गराउनुभयो ।

पुल निर्माणमा समय लाग्दा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भू क्षेत्र आवतजावत गर्ने पर्यटकका लागि पनि असहज भएको छ । यस क्षेत्रका व्यापार व्यवसाय पनि ठप्प भएको स्थानीय व्यवसायी रणबहादुर श्रेष्ठको गुनासो छ । झोलुङ्गे पुल निर्माण गर्ने जनशक्ति कम भएकाले पनि निर्माण कम्पनीलाई पुल बनाउन समय लागेको हो । आगामी घोडेजात्रामा यस क्षेत्रमा कङ्केश्वरीको भव्य जात्रा हुन्छ । त्यसबेलासम्म पुल बनाइसक्न स्थानीवासीले माग गरेका छन् ।

करिब दुई सय वर्षअघि यो पुल निर्माण गर्दा काठैकाठबाट पुल निर्माण गरिएको बाबुबाजेबाट सुनेको जानकारी पनि वडाध्यक्ष श्रेष्ठले दिनुभयो । असनका अष्टनारायण र पञ्चनारायण मानन्धरले निजी लगानीमा काठ पुल निर्माण गरिदिएको जनाइएको छ । विसं २०४२ सम्म त्यो पुलको स्वामित्व पनि मानन्धर गुठीसँग नै थियो ।

Previous Post

महोत्तरीमा कुटीकुटी वृद्धको हत्या

Next Post

यातायातमन्त्री श्रेष्ठ भन्छन्: वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
जीवन शैली

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

२४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२४ असार २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

२४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार २०८३,
फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
आवाज

फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

२४ असार २०८३,
अर्जेन्टिनाको रोमाञ्चक जित
खेलमैदान

अर्जेन्टिनाको रोमाञ्चक जित

२४ असार २०८३,
Load More
Next Post
गठबन्धनले जिते देशमा स्थिरता र विकास हुन्छ : नारायणकाजी श्रेष्ठ

यातायातमन्त्री श्रेष्ठ भन्छन्: वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In