• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

metakhabar by metakhabar
२९ असार २०८३,
0
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, २९ असारः बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गरिरहेको छ । जसले वातावरण, जनस्वास्थ्य र धार्मिक सम्पदामा असर परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

बेनी नगरपालिकाले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा फोहोर व्यवस्थापन केन्द्र निर्माणलाई प्राथमिकता दिँदै आएका छ । तर उपयुक्त स्थानमा जग्गा पहिचान हुन नसक्दा योजना कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले बेनी नगरपालिका–६ रातोपहिरोस्थित कालीगण्डकी नदी किनारमा विसं २०६० देखि फोहर विसर्जन हुँदै आएको छ ।

रातोपहिरोको फोहर व्यवस्थापनस्थल कालीगण्डकी नदीको किनार तथा बेनी–जोमसोम सडकसँगै रहेकाले त्यसबाट निस्कने दुर्गन्धले आसपासका बस्तीका बासिन्दा, यात्रु, पर्यटक तथा तीर्थयात्री प्रभावित भएका छन् ।

जलजला गाउँपालिका–२ बगरफाँटका हीराबहादुर बरुवालले खुला रूपमा फोहर फालिँदा बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वर क्षेत्रका बासिन्दाले दुर्गन्धको समस्या भोगिरहेको बताउनुभयो । उहाँका अनुसार बेनी–गलेश्वर हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटक र तीर्थयात्रीसमेत यसबाट प्रभावित हुने गरेका छन् ।

बेनी, गलेश्वर, तातोपानी, सिंगा र हाडेभिर क्षेत्रका दुई हजारभन्दा बढी घरधुरीबाट दैनिक तीनदेखि चार ट्र्याक्टर फोहर सङ्कलन गरी रातोपहिरोमा विसर्जन गरिन्छ । नदी किनारमा फोहर नफाल्न तत्कालीन पुनरावेदन अदालत बागलुङले विसं २०७२ मा निषेधाज्ञा जारी गरे पनि विकल्प अभावमा सोही स्थान प्रयोग भइरहेको छ ।

बेनी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ‘कम्प्याक्टर’ मेसिन र सवारीसाधनसहित पोखरास्थित ‘मिसन फर वेस्ट म्यानेजमेन्ट’लाई मासिक रु एक लाख ६० हजारमा जिम्मेवारी दिएको छ । नगरप्रमुख सुरत केसीले सुरक्षित र दिगो ल्याण्डफिल साइटको विकल्प नपाएकाले हालको स्थान प्रयोग गर्नु बाध्यता भएको बताउनुभयो ।

उहाँका अनुसार पछिल्ला वर्षदेखि फोहर छुट्याएर कुहिने वस्तु खाडलमा व्यवस्थापन गर्ने, पुनः प्रयोगयोग्य सामग्री छुट्याउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने काम सुरु गरिएको छ । यसले नदीमा प्रत्यक्ष फोहर पुग्ने अवस्था केही घटेको उहाँको भनाइ छ ।

नगरपालिकाले विभिन्न स्थानमा ल्याण्डफिल साइट निर्माणका लागि प्रस्ताव गरे पनि जग्गा प्राप्तिमा सहमति जुट्न नसकेको जनाएको छ । कम्तीमा दुई रोपनी जग्गा आवश्यक पर्ने नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

दुई वर्षअघि रातोपहिरो नजिकैको कालीगण्डकी किनारबाट भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरका लागि देवशिला उत्खनन गरिएको थियो । सोही क्षेत्रलाई ‘देवशिला उद्यान’का रूपमा विकास गर्न सङ्घीय र प्रदेश सरकारले फोहर व्यवस्थापन स्थल हटाउनुपर्ने सर्त राखेको नगरपालिकाले जनाएको छ ।

ल्याण्डफिल साइटको विकल्प पहिचान नभएसम्म दुर्गन्ध नियन्त्रणका लागि औषधि, चुना र माटो नियमित रूपमा प्रयोग गर्न स्थानीयले माग गरेका छन् । हाल फोहर फाल्ने स्थानमा टहरा निर्माण गरी नकुहिने फोहर छुट्याएर कवाडीमा बिक्री गर्ने गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कालीगण्डकी नदी हिन्दू आस्था, जैविक विविधता र प्राकृतिक सम्पदासँग जोडिएको महत्त्वपूर्ण नदी भएकाले यसको संरक्षणका लागि वैज्ञानिक फोहर व्यवस्थापनको विकल्प तत्काल खोजिनुपर्ने बताउनुभयो ।

Previous Post

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

Next Post

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

metakhabar

metakhabar

सम्बन्धित खबर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
समाचार

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

३० असार २०८३,
Load More
Next Post
ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In