• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२९ असार २०८३,
0
‘हरित आय’ले बदलेको महिलाको दैनिकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), २९ असारः तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो ।

चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो । तर अहिले उनीहरू खाद्यबालीमात्रै खेती गर्दैनन् । मकै, कोदो गहुँ फलाउने बारीमा आजकल लटरम्म गोलभेँडा, अकबरे फल्छन्् । गाईभैँसी बाँध्ने गोठ आधुनिक खोरका रूपमा विकास भएका छन् ।

खोरमा रहर लाग्दा बाख्राका पाठापाठी र बोका रमाइरहेका देखिन्छन् । व्यावसायिक कृषि र पशुपालनमा लागेका महिला सामान्य खर्चको जोहो गर्न अरुमा निर्भर हुनु पर्दैन । बाह्रै महिना परम्परागत खेतीपाती गर्दै आए पनि परिवार चलाउन समस्या हुन्थ्यो । तर, अहिले मौसमी तथा बेमौसमी तरकारी फलाउँदा परिवार चलाउन समस्या छैन । बडिगाड गाउँपालिका र अन्य साझेदार संस्थाको सहयोगमा सञ्चालित ‘हरित आय’ कार्यक्रममार्फत यहाँका महिला आत्मनिर्भर बन्ने बाटोमा छन् ।

विसं २०८० पुसदेखि हरित आय कार्यक्रम बडिगाडका १० वटै वडामा कार्यान्वयन भइरहेको छ । कार्यक्रमले गाउँगाउँका महिलालाई एकताबद्ध गरेर सामूहिक तथा एकल रूपमा व्यावसायिक कृषि र पशुपालनतर्फ आकर्षित गरेको छ । कार्यक्रममा एक हजार ५६ घरपरिवारका महिला आबद्ध भएर उद्यमी बन्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

“हरित आय कार्यक्रमले यहाँका महिला दिदीबहिनीको जीवनशैली बदलिएको छ, विगतमा सामान्य खर्च जुटाउनका लागि अरुमा निर्भर हुनुपथ्र्यो भने अहिले आफ्नै मिहिनेतले हाम्रो आम्दानी गर्ने हुनुभएको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यो कार्यक्रमले गरिबी निवारण गर्न र महिलालाई आत्मनिर्भर बनाउन थालेको छ ।”

कार्यक्रमले ग्रामीण महिलाको आयआर्जनसँगै नेतृत्व र सकारात्मक सोचको विकास गरेको बडिगाड गाउँपालिका–१ की उद्यमी दुर्गा थापाले बताउनुभयो । गत वर्षसम्म तरकारीसमेत बजारबाट किनेर खाने गरेका अहिले बारीभरि लटरम्म गोलभेँडा, अकबरे उत्पादन भएको उहाँको भनाइ छ । हरित आय कार्यक्रममार्फत तरकारीखेती, बाख्रापालन र नेतृत्व विकाससम्बन्धी तालिम दिएपछि अहिले दैनिकी फेरिएको थापाले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला हाम्रो दैनिकी चुलोचौको र अरुको मेलापात गर्दा बित्थ्यो, तर अहिले त्यो अवस्था फेरिएको छ । आफ्नै बारीमा काम गर्दा भ्याइनभ्याई छ, पहिले मकै, कादो र फापर फलाएर वर्षभरि खान पुग्दैनथ्यो, अहिले त्यही बारीमा फलेको तरकारीले वर्षभरि खान पुग्छ, बालबच्चालाई पढाउन र घर खर्च चलाउने पैसा पनि आउँछ ।”

कार्यक्रममार्फत महिलाई उन्नत जातका बाख्रा, बोका, मिनिटेलर हलो, प्लास्टिक टनेल उपलब्ध गराइएको थियो । बडिगाड–७ को टुनीबोटका महिलाले बारीमा व्यावसायिक अकबरे लगाएका छन् । गत वर्षदेखि सुरु भएको अकबरे खुसार्नीको उत्पादन र खेतीले अहिले व्यापकता पाएको छ ।

गाउँका महिला अकबरेखतीप्रति आकर्षित भएपछि खाली जमिन पनि उपयोगमा आउन थालेको स्थानीय उद्यमी कुमारी रोका गुरुङले बताउनुभयो । पहिले एकदुई मुरी मकै, गहुँ फल्ने बारीमा लाखौँ रुपैयाँका अकबरे फल्ने गरेको उहाँको भनाइ छ । स्थानीय महिलाले रु २० हजारदेखि रु एक लाखसम्मको अकबरे बिक्री गरेको गुरुङ बताउनुहुन्छ ।

“ठाउँ यहीँ हो, बारी यहीँ हो, खेती परम्परागत रूपमा गरेका थियौँ, त्यसरी खेती गर्दा हाम्रो जीविकोपार्जनमा समस्या थियो, तर अहिले बल्ल सीप सिक्यौँ”, गुरुङले भन्नुभयो, “अब सामान्य कमाइका लागि विदेश जानु हुँदैन, हाम्रै बारीमा पैसा फल्दोरहेछ । खुसार्नी बेचेर पनि राम्रो कमाइ गर्न सकिँदोरैछ ।”

Previous Post

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ असार २०८३,
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
आवाज

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

२९ असार २०८३,
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
आवाज

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

२९ असार २०८३,
क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ
आवाज

क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

२९ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

२९ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In