• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैधः कानुन कार्यान्वयनको पर्खाइ

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैधः कानुन कार्यान्वयनको पर्खाइ

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैधः कानुन कार्यान्वयनको पर्खाइ

metakhabar by metakhabar
२७ असार २०८३,
0
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी,  घरेलु मदिरासम्बन्धी ऐन बनेको झण्डै एक वर्षपछि गण्डकी प्रदेशसभाबाट गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबार पारित भएको छ । यससँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्ने कानुनी बाटो खुलेको छ । घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गतवर्ष साउनमा प्रदेशसभाबाट पारित भएकामा सोसम्बन्धी नियमावाली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृतिको प्रक्रियामा छ ।

यी दुवै विधेयक लामो समयदेखि बहसमा रहँदै आएका थिए । प्रदेश सरकारले महत्वका साथ घोषणा गरेका तर संशयका साथ हेरिएको गाँजाखेती र घरेलु मदिराले अन्ततः गण्डकी प्रदेशमा कानुनी मान्यता पाएको हो । कानुन बने पनि तिनको कार्यान्वयन कसरी हुन्छ भन्ने जनचासोको विषय बनेको छ ।

प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेलले घरेलु मदिरासम्बन्धी ऐनको नियमावली मन्त्रिपरिषद्मा पुगेको बताउनुभयो । “मन्त्रिपरिषद्को आगामी बैठकबाट नियमावली स्वीकृत हुन्छ, त्यसपछि कानुन कार्यान्वयनका लागि थप सहज अवस्था बन्छ”, उहाँले भन्नुभयो, “ऐनले परिकल्पना गरेका प्रावधान र केही संरचनागत व्यवस्था गर्नुपर्ने छ, नियमनको पाटोलाई ऐनले बढी जोड दिएको छ ।”

गाँजाखेतीसम्बन्धी विधेयकको नियमावली निर्माण यथाशीघ्र सुरु हुने उपसचिव पौडेलले बताउनुभयो । दुवै विधेयक उद्योग तथा पर्यटन, स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित छन् । प्रदेश सरकारले विगत केही वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गर्दै आएको थियो ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ऐन बनेकाले अब नियमावली र कार्यविधि बनाएर यससम्बन्धी कानुन कार्यान्वयनलाई अगाडि बढाइने बताउनुभयो । “गाँजाखेती र घरेलु मदिरालाई ब्राण्डिङ र बजारीकरण गर्न सकियो भने प्रदेश सरकारले ठूलो राजस्व प्राप्त गर्छ, सँगसँगै प्रदेशभित्र आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री शेरचनले सङ्घीय कानुनसँग बाझिने अवस्था भएमा सङ्घ सरकारले नै यससम्बन्धी कानुन बनाएर सहजीकरण गर्नुपर्ने बताउनुभयो । सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षहरुबीच पटकपटक छलफल तथा परामर्श गरी कानुन निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो । सेवनका लागि नभई गाँजाको औद्योगिक र औषधिजन्य उत्पादनलाई मात्र वैधता दिने गरी प्रदेश सरकारले कानुन ल्याएको उहाँले जानकारी दिनुभयो ।

लागुऔषधसम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी कानुन निर्माण गरिएको प्रदेश सरकारको दाबी छ । गाँजाखेतीसम्बन्धी विधेयकमा कडा प्रावधान राखिएको जनाइएको छ । प्रदेश सरकारबाट इजाजत लिएर मात्र गाँजाखेती गर्न पाइने प्रावधान राखिएको छ । प्रतिव्यक्ति निवेदन दस्तुरको रु पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात निर्यातका लागि रु एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

अनुमतिविना गाँजाखेती, ओसारपसार र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेल, महल जस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि छुट्टै संयन्त्र निर्माण हुनेछ । विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँजाखेती गर्न पाइने प्रावधान छ । गाँजाको बोटमा पाइने नशालु पदार्थ ‘टिएचसी’ को मात्रा शून्य दशमलव तीन प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था छ ।

गाँजाखेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको मन्त्री शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

प्रदेश सरकारले गत कात्तिकमा यो विधेयक प्रदेशसभामा दर्ता गराएको थियो । अर्थ तथा विकास समितिमा यो विधेयकमाथि ११ वटा बैठकमा छलफल भएको थियो । गाँजाको व्यावसायिक खेती गर्न सरकारसँग पूर्वसहमति, तयारी उत्पादन किन्ने उद्योगको सहमतिसहित अनुगमनका कडा प्रावधानहरू राखिएका छन् ।

अनुमति नलिई गाँजाखेती गरेमा, नियमविपरीत बिक्री, वितरण गरेमा, अनुमतिपत्रमा भएको जग्गा र क्षेत्रफलभन्दा पृथक ठाउँमा खेती गरेमा लागुऔषधसम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गर्ने विधेयकमा व्यवस्था छ । खेतीको अभिलेख नराखेमा, सिलबन्दी नगरी ओसारपोसार गरेमा, ऐनले तोकभन्दा फरक काम गरेमा रु ५० हजारदेखि रु पाँच लाखसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ ।

लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई पनि नियमन तथा व्यवस्थापन गर्न कानुन निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणका लागि कानुनी प्रबन्ध गरिएको हो । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न लागिएको हो । परम्परागत रूपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने हुँदा व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याउन लागिएको उद्योग तथा पर्यटन मन्त्रालयले जनाएको छ । वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठूलो आर्थिक लाभ मिल्ने विश्वास गरिएको छ ।

केही वर्षअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको थियो । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो । मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरालाई कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । ऐनमा घरेलु मदिरा उत्पादनका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।

व्यक्ति, फार्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न मनाउने व्यवस्था गरिएको मन्त्री शेरचनले उल्लेख गर्नुभयो । उहाँका अनुसार धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने व्यवस्था ऐनमा छ । उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाडा, उपकरण, अन्न तथा फलफूल जस्ता कच्चापदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने ऐनमा व्यवस्था छ ।

घरेलु मदिरालाई गण्डकी प्रदेशभित्रका कृषि सहकारीले दर्ता गर्न सक्नेछन् । मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । कोदो, फापर, उवा, जौ, गहुँ, मकै, स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, ऐसेलु, चुत्रो, डिम्बरलगायत अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था गरिएको मन्त्री शेरचनले जानकारी दिनुभयो ।

जनजाति समुदायमा सामाजिक संस्कारमा प्रयोग हुँदै आएको घरेलु मदिरालाई कानुनी दायरामा ल्याएर प्रदेश सरकारले संस्कृति र परम्पराकोसमेत सम्मान गरेको प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले बताउनुभयो । दुवै ऐन कार्यान्वयनमा ल्याई गाँजाखेती र घरेलु मदिरालाई व्यावसायिक बनाउन सकिएमा आर्थिक रूपमा प्रदेश सरकार र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ ।

Previous Post

पशुपतिमा साउने सोमबारको तयारी सुरु

Next Post

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२७ असार २०८३,
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
अन्तर्राष्ट्रिय

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

२७ असार २०८३,
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

पशुपतिमा साउने सोमबारको तयारी सुरु

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२७ असार २०८३,
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
फिचर-ब्यानर

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

२७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

२७ असार २०८३,
Load More
Next Post
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In