• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

metakhabar by metakhabar
२७ असार २०८३,
0
अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ :  वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो । पर्यटकीय यामको अन्त्यतिर दैनिक ५०-६० जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन एक–दुई, कुनै दिन १०-१५ जनासम्म पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो ।

गुरुङका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि यही असार २५ गतेसम्म अन्नपूर्ण पदमार्गमा ४० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक हजार ५०० ले बढी हो । तर वर्षायाम सुरु भएसँगै पर्यटक आगमन भने घटेको उहाँको भनाइ छ । गत जेठमा दुई हजार ७७५ जना पर्यटक पदमार्गमा आएका थिए भने असार २५ गतेसम्म ८०० जना मात्रै आएका उहाँले जानकारी दिनुभयो ।

मस्र्याङ्दी गाउँपालिका-४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार पर्यटक आगमन घटेसँगै होटल व्यवसायको आम्दानीमा पनि असर परेको छ । पर्यटकीय याममा महिनाको रु ५०-६० हजारसम्म आम्दानी हुने जनाउँदै उहाँले अहिले त्यसको एकतिहाइ बराबर कमाइ हुन नसकेको बताउनुभयो । “पहिले व्यापार धान्नै मुस्किल हुन्थ्यो, अहिले भने फुर्सदै फुर्सद छ”, उहाँले भन्नुभयो, “पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन् । आम्दानी निकै घटेको छ ।”

होटल व्यवसायी गुरुङका अनुसार पर्यटन व्यवसायबाट जीविकोपार्जन गर्ने व्यवसायील याममा कमाएको आम्दानीकै भरमा अहिलेको समय धानिरहेका छन् । पर्यटक घटेसँगै होटल, लज, रेष्टुरेण्ट, भरिया, पथप्रदर्शक तथा यातायात व्यवसायीसमेत प्रभावित भएका उहाँको भनाइ छ ।

बुङ झरना नजिकै होटल व्यवसाय सालन गरिरहनुभएका खुसबहादुर तामाङले वर्षायाममा व्यवसाय सुस्ताएको बताउनुभयो । सडकको अवस्था, बाढीपहिरोको जोखिम र यात्राको असहजताका कारण पर्यटकले यात्रा गर्न नचाहँदा आगमनसँगै कमाइ पनि घटेको उहाँको भनाइ छ । “सडक सुरक्षित हुँदा समूह-समूहमा पर्यटक आइरहन्थे । अहिले वर्षाका कारण जोखिम बढेपछि पर्यटक आउन डराउने अवस्था छ”, उहाँले भन्नुभयो ।

बेँसीसहर-चामे सडकमा वर्षायाममा बाढीपहिरोको जोखिम बढ्ने भएकाले अन्नपूर्ण पदमार्गको यात्रा चुनौतीपूर्ण हुने गरेको छ । सडक डिभिजन कार्यालय लमजुङका सूचना अधिकारी नवीन विस्तारका अनुसार असारदेखि असोजको पहिलो सातासम्म सडकमा बाढीपहिरोको जोखिम बढी रहने गर्दछ । सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

सामान्य अवस्थामा सडक सञ्चालनमा रहे पनि निरन्तर वर्षा वा ठूलो पहिरो खसेमा यात्रा प्रभावित हुनसक्ने सूचना अधिकारी विस्तारको भनाइ छ । विश्वकै उत्कृष्ट पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटकले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने गर्दछन् । यस पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर हो । पर्यटन व्यवसायीले वर्षायाम समाप्त भई मौसममा सुधार आएपछि पर्यटक आगमन पुनः पुरानै अवस्थामा फर्किने अपेक्षा गरेका छन् ।

Previous Post

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

Next Post

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

metakhabar

metakhabar

सम्बन्धित खबर

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

पशुपतिमा साउने सोमबारको तयारी सुरु

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२७ असार २०८३,
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
फिचर-ब्यानर

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

२७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

२७ असार २०८३,
भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

२७ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

२७ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In