• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

metakhabar by metakhabar
२३ असार २०८३,
0
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी), २३ असारः परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ ।

कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ । मध्यविन्दु नगरपालिका–१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गरिरहेको छ ।

परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनमार्फत छोटो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन् । मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाइँ व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनुभयो ।

“खेतीपातीमा जनशक्ति अभाव हुँदै गइरहेको अवस्थामा आधुनिक प्रविधिले कृषि कार्यलाई सहज बनाएको छ”, उहाँले भन्नुभयो, “कम श्रम र कम समयमा बढी काम गर्न सकिने भएकाले कृषि यान्त्रीकरणप्रति किसानको विश्वास बढ्दै गएको छ ।”

मध्यविन्दु नगरपालिकाले कृषि उत्पादन वृद्धि र कृषिलाई व्यावसायिक तथा प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै आएको नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायतका आधुनिक कृषि उपकरण किसानलाई ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको नगर प्रमुख भीमलाल अधिकारीले जनकारी दिनुभयो ।
“कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने र युवालाई कृषि पेसाप्रति आकर्षित गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो ।

जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गैँडाकोट नगरपालिकाका पाँच वडामा धान जोन कार्यक्रम सञ्चालनमा रहेको छ । कृषक समूहहरूले त्यहाँ पनि धान रोप्ने मेसिन प्रयोग गर्दै आएका छन् भने यस वर्ष कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा करिब १९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालले जनकारी दिनुभयो । जिल्लामा पछिल्लो वर्षदेखि धान रोप्ने मेसिनलगायतका आधुनिक कृषि यन्त्रतर्फ किसानको आकर्षण र माग बढेको उहाँले बताउनुभयो ।

“कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव, बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका चुनौतीका बीच आधुनिक प्रविधिको प्रयोग किसानका लागि आवश्यकता बन्दै गएको छ”, उहाँले भन्नुभयो, “खेतीपातीमा यान्त्रीकरणको विस्तारसँगै किसानको श्रम घट्नुका साथै कृषि पेसाप्रति आकर्षण पनि बढ्दै गएको छ ।”

Previous Post

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

Next Post

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

२६ असार २०८३,
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
Load More
Next Post
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In