• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

metakhabar by metakhabar
१६ असार २०८३,
0
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी),  सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्तले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको उल्लेखनीय सम्भावना बोकेको ठाउँ हो ।

पूर्वी नेपालको तीन जिल्लाको बीचमा फैलिएको कोशी टप्पु सोचे जति अझै चर्चामा आउन सकेको छैन । जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पु दुर्लभ वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गी पाइने यो अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार, प्रचारप्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन भने सकेको छैन ।

विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रारम्भमा १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ सालमा मध्यवर्ती क्षेत्र थपिएपछि अहिले १७३ वर्गकिलोमिटर कायम भएको छ । सुनसरी सप्तरी र उदयपुर जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित कोशी टप्पु आरक्ष जङ्गली भैँसी (अर्ना) का कारण चर्चित छ । कोशीटप्पु रैथाने अर्ना पाइने एक मात्र संरक्षित क्षेत्रको रुपमा लिइन्छ । कोशी टप्पु आरक्षभित्र सप्तकोशीको बालुवाबाट बनेका टापु, सिसौँ र खयरका जङ्गल, बसाइँसराइ गर्ने चराचुरुङ्गी र अति दुर्लभ खरमयुरका वासस्थान छन् । सन् १९८७ देखि यो आरक्ष रामसार सूचीमा सूचीकृत छ । जलचर प्रजाति घडीयाल, मगरगोही, सोंस (डल्फिन) र माछा पनि पाइन्छ । कोशीटप्पुलाई चराहरूको राजधानी समेत भनिन्छ ।

नेपालको पर्यटन उद्योग अहिले नयाँ गन्तव्यको खोजीमा छ । साहसिक पर्यटन, धार्मिक पर्यटन र हिमाली पर्यटनसँगै पछिल्ला वर्षहरूमा प्रकृतिमा आधारित पर्यटन वन्यजन्तु अवलोकन, फोटोग्राफी पर्यटन र पर्या–पर्यटन पक्षी अवलोकन र अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रुपमा रहेको कोशी टप्पु पूर्वी भारततर्फको क्षेत्रमा जैविक मार्गका रूपमा समेत लिइन्छ । चितुवाबाहेक अन्य ठूलो मांसाहारी जनावरको सङ्ख्या न्यून भए पनि आरक्षले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष कार्यालयले जनाएको छ । हिमाल, पहाड तथा तराईको विशिष्ट जैविक विविधता, लोपोन्मुख वन्यजन्तु, जलचर, पंक्षी र विविध वन पैदावारका कारण नेपाल प्रकृतिप्रेमी, अनुसन्धानकर्ता र पर्यटकका लागि विश्वकै प्रमुख आकर्षणको केन्द्र बन्दै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अंकित पौडेलले बताउनुभयो ।

सन् १९७६ को गणना अनुसार कोशी टप्पुमा ६३ वटा अर्ना थियो भने सन् २०२१ को गणनाअनुसार कोशीटप्पुमा ४९८ वटा अर्ना रहेका छन् । पौडेलका अनुसार कोशीटप्पुमा स्तनधारी ४२, पक्षी ५३५, माछा १४१ र पुतली ७७ प्रजातिका छन् । २०८० सालको गणनाअनुसार खरमयुर ३२ वटा र २०७९ को गणना अनुसार डल्फिन १९ वटा रहेको उहाँले जानकारी दिनुभयो ।

कोशीटप्पुमा धेरैजसो चराहरु साइबेरियाबाट आउने गरेका छन्, गर्मीको समयमा भन्दा चराहरु जाडो छल्न आउने गरेको पौडेलले बताउनुभयो । जङ्गली हात्ती, एकसिङ्गे गैँडा, ढाड नहुने प्राणी ५७ प्रजाति, जडीबुटी १८ प्रजाति, डालेघाँस ३३ प्रजाति, उन्यु १२ प्रजाति, कालो भूँडिफोर, सेतो भूँडिफोर, अजिङ्गर, सरिसृप, सुन गोहोरो, घडियाल गोही, निलगाई, चितल, रतुवा, लगुना, मलाह बिरालो, मगर गोहीलगायत दुर्लभ प्रजाति यहाँ रहेका छन् । पछिल्ला वर्षहरूमा कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म नौ हजार २४२ पर्यटकले आरक्षको भ्रमण गरिसकेका छन् ।

पर्यटकको बढ्दो आकर्षणको मुख्य आधार कोशी टप्पुको समृद्ध जैविक विविधता हो । प्रकृतिसँग नजिक हुन चाहने युवा, वन्यजन्तु फोटोग्राफर, चराप्रेमी तथा अनुसन्धानकर्ताका लागि कोशी टप्पु पछिल्ला वर्षहरूमा आकर्षक गन्तव्य बन्दै गएको छ । नदी, सिमसार, घाँसे मैदान, वन तथा खुला चरन क्षेत्रले समेटेको कोशी टप्पु जैविक विविधताको अनुपम भण्डारका रूपमा परिचित छ । यहाँ पाइने वनस्पति, स्तनधारी जनावर, चराचुरुङ्गी, उभयचर, जलचर तथा अन्य बन्यजन्तुले प्रकृतिक सन्तुलित कायम गरेको छ । यही विशेषताका कारण कोशी टप्पु नेपाल मात्र नभई दक्षिण एसियाकै महत्वपूर्ण जैविक विविधता क्षेत्रका रुपमा परिचित छ ।

कोशी टप्पुको प्रमुख आकर्षणमध्ये चराचुरुङ्गी विविधता एक हो । नेपालमा अभिलेख गरिएका चरामध्ये आधाभन्दा बढी प्रजाति कुनै न कुनै समयमा यहाँ भेटिएका छन् । यसले कोशी टप्पुलाई नेपालको उत्कृष्ट ‘बर्ड वाचिङ’ गन्तव्यका रूपमा स्थापित गरेको छ । हरेक वर्ष असोज कात्तिकदेखि चैत वैशाखसम्म साइबेरिया, मङ्गोलिया, चीन, मध्यएसिया तथा युरोपका विभिन्न भूभागबाट हजारौँ प्रवासी चराहरू यहाँ आइपुग्ने गर्छन । उनीहरूका लागि कोशी टप्पु सुरक्षित बासस्थान, प्रशस्त आहार र अनुकूल वातावरण भएको विश्रामस्थल बनेको छ ।

जलवायु परिवर्तन, सिमसार क्षेत्रको विनाश र बढ्दो मानव अतिक्रमणका कारण विश्वभर चराहरूको प्राकृतिक वासस्थान खुम्चिँदै गएकाले कोशी टप्पुको संरक्षणको महत्व झन् बढ्दै गएको संरक्षणविद्हरू बताउँछन् । यस्ता सिमसार क्षेत्र नष्ट भए प्रवासी चराहरूको बसाइँसराइ चक्रमा गम्भीर असर पर्नसक्ने संरक्षणविद्हरुको भनाइ छ ।

चराविज्ञ अनिस तिमल्सिनाका अनुसार कोशी टप्पु उत्तरी गोलाद्र्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्रामस्थल हो । उहाँ भन्नुहुन्छ, यदि चराहरूले विमानस्थल बनाउने हो भने नेपालमा उनीहरूको अन्तर्राष्ट्रिय विमानस्थल कोशी टप्पु नै हुन्थ्यो । हिउँद्याम सुरु भएसँगै साइबेरिया, चीन, मङ्गोलिया, मध्य एसियालगायतका क्षेत्रबाट हजारौँ किलोमिटर यात्रा गरेर आएका चराहरू यहाँ केही महिना बिताउने र गर्मी सुरु भएपछि पुनः आफ्नै गन्तव्यतर्फ फर्कने गरेको उहाँले बताउनुभयो । कोशी टप्पुमा भएका सिमसार क्षेत्रहरुको थप संरक्षण गर्ने हो भने चराचुरुङ्गी अवलोकन नै कोशी टप्पुको सबैभन्दा ठूलो पर्यटन आकर्षण र सम्भावना रहेको उहाँको भनाइ छ । बर्सेनि बाढीले कटान गर्ने जसले चराहरुको बासस्थानको कमी भएको कारण पहिलेको तुलनामा अहिले चराहरुको आगमनमा कमी आउन थालेको बताइन्छ ।

कोशी टप्पुको अर्को प्रमुख विशेषता नेपालमा प्राकृतिक रूपमा पाइने एकमात्र जङ्गली भैँसी (अर्ना) को मुख्य वासस्थान हुनु हो । आरक्षमा रहेका विशाल घाँसे मैदान अर्नाका लागि उपयुक्त आवास मानिन्छन् । त्यस्तै कोशी नदीमा पाइने गंगेटिक डल्फिन आरक्षको अर्को महत्वपूर्ण प्राकृतिक सम्पदा हो । विश्वमै सङ्कटापन्न जलचरमध्ये पर्ने यो डल्फिनका लागि कोशी नदीको स्वच्छ बहाव, पर्याप्त गहिराइ र माछाको उपलब्धता अनुकूल मानिन्छ ।

कोशी टप्पुमा डुङ्गा सफारी पनि पर्यटकको आकर्षण बन्दै गएको छ । कोशी नदीमा डुङ्गा यात्रा गर्दा गंगेटिक डल्फिन, जलपक्षी, नदी किनारका वन, विशाल घाँसे मैदान तथा सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । आरक्षको वनस्पति विविधता पनि उत्तिकै समृद्ध छ । यहाँ सिसाँै, खयर, सेमल, कदम्ब, साज, बाँसलगायतका नदी किनारका वन तथा विशाल घाँसे मैदान पाइन्छन् । यही घाँसे मैदानमा अर्ना, हरिण, नीलगाईलगायतका वन्यजन्तु आश्रित छन् । हरेक वर्ष आउने बाढीले नयाँ घाँसे मैदान सिर्जना गर्ने भएकाले यहाँको प्राकृतिक वातावरण निरन्तर पुनर्जीवित हुँदै आएको छ ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य, सिमसार क्षेत्र र स्थानीय सांस्कृतिक जीवनशैलीले कोशी टप्पुलाई अन्तरराष्ट्रियस्तरको प्रकृति पर्यटन गन्तव्यका रूपमा विकास गर्ने पर्याप्त आधार प्रदान गरेको छ । विश्व पर्यटन बजारको रुचि अहिले प्रकृतिमैत्री, शान्त वातावरण र वन्यजन्तु अवलोकनतर्फ केन्द्रित हुँदै गएकाले कोशी टप्पुको सम्भावना अझ बढेको छ । यहाँको जैविक विविधता, नदी प्रणाली, दुर्लभ वन्यजन्तु र स्थानीय संस्कृति नै कोशी टप्पुको सबैभन्दा ठूलो सम्पत्ति हो ।

धरानबाट कोशी टप्पु भ्रमणका लागि आउनु भएका सरोज ढकालले प्राकृतिक सौन्दर्य, चराचुरुङ्गी अवलोकन तथा वन्यजन्तुका कारण आरक्ष आफूलाई बारम्बार आकर्षित गर्ने गन्तव्य बनेको बताउनुभयो । “प्रकृतिसँग नजिक हुन र शान्त वातावरणको अनुभूति गर्न म बेला बेलामा यहाँ आउने गर्छु”, उहाँले भन्नुभयो । गुणस्तरीय होटल, स्थानीय संस्कृति झल्किने होमस्टे, व्यवस्थित विश्रामस्थल र सूचना केन्द्रको विकाससँगै प्रभावकारी प्रचारप्रसार गर्नसके आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढ्न सक्ने उहाँको भनाइ छ । चरा अवलोकन, जङ्गल सफारी र डुङ्गा शयरजस्ता गतिविधिलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै जैविक विविधताको संरक्षणसँगै दिगो पर्यटन विकासमा जोड दिनुपर्ने आवश्यक रहेको उहाँको सुझाव छ ।

कोशी टप्पुको पर्यटन विकास अझै प्रारम्भिक चरणमै रहेको स्थानीय होटल व्यवसायी लोकबहादुर मगरको भनाइ छ । उहाँका अनुसार सीमित आवास, कमजोर सडक तथा अन्य पर्यटकीय पूर्वाधार, प्रभावकारी प्रचारप्रसारको अभाव र पर्याप्त लगानी नहुँदा आरक्षको वास्तविक पर्यटन सम्भावनाको पूर्ण उपयोग हुन सकेको छैन । शत्र वर्षदेखि कोशी टप्पुमा उदीप होमस्टे सञ्चालन गर्दै आउनुभएका मगर नेपाली सेनाबाट २० वर्ष सेवा गरेर अवकाशपछि पर्यटन व्यवसायमा लाग्नुभएको हो । स्थानीयस्तरमै उत्पादन हुने अर्गानिक तरकारी र परम्परागत परिकारका कारण धेरै पर्यटकले अगाडी नै बुकिङ गरेर होमस्टेमा बस्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।

कोशी टप्पुमा जङ्गल सफारी, प्रकृति पदयात्रा र स्थानीय संस्कृति अनुभव गर्ने गतिविधिमा पनि पर्यटकको रुचि बढ्दै गएको छ । स्थानीय परिवारसँग बसेर ग्रामीण जीवनशैली, परम्परागत खानपान र संस्कृतिको अनुभव गर्न सकिने भएकाले आसपासका गाउँमा व्यवस्थित होमस्टे विस्तार गर्न सके पर्यटकको बसाइ अवधि लम्बिने छ । आरक्षसम्म पुग्ने केही सडक अझै स्तरीय छैनन् भने वर्षायाममा यातायात सञ्चालनसमेत प्रभावित हुने गरेको छ । पर्यटक सूचना केन्द्र, विश्रामस्थल, सङ्केत बोर्ड, अवलोकन टावर, सार्वजनिक शौचालय तथा गुणस्तरीय आवासको अभाव रहेको स्थानीय बताउँछन् ।

प्रचारप्रसारको कमीका कारण अन्तरराष्ट्रिय पर्यटन बजारमा कोशी टप्पुले अपेक्षित पहिचान बनाउन नसकेको स्थानीयको भनाइ छ भने अर्कोतर्फ मानव वन्यजन्तु द्वन्द्व पनि स्थानीयका लागि चुनौती बनेको छ । जङ्गली हात्ती तथा अन्य वन्यजन्तुले प्रत्येक वर्ष खेतीबालीमा क्षति पु¥याउने गरेको छ । आरक्षका रेन्जर अंकित पौडेलका अनुसार जङ्गली हात्तीबाट प्रभावित स्थानीयलाई आरक्षले प्रत्येक वर्ष राहत उपलब्ध गराउँदै आएको छ । संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसारलाई सँगसँगै अघि बढाउनसके कोशी टप्पुले जैविक विविधताको संरक्षणसँगै स्थानीय आर्थिक समृद्धिमा समेत महत्वपूर्ण योगदान पु¥याउने छ ।

Previous Post

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

Next Post

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In