• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

metakhabar by metakhabar
१३ असार २०८३,
0
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ),  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र नहुँदा यात्रु र स्थानीयलाई आवागमनमा सास्ती हुने गरेको छ । सडक कालोपत्रका लागि ११ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको हो ।

बाह्र किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रका लागि २०७२ साल माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले दुई वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका थियो । नौ वर्ष बितिसक्दा पनि काम पूरा नगरेपछि लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोडेर २०८१ साल असार २१ गते दुई वर्षभित्र आयोजना पूरा गर्नेगरी नयाँ ठेक्का लगाएको थियो ।

पुनः ठेक्का लगाइएको सम्झौताको म्याद सकिनै लाग्दा पनि कामले गति लिनसकेको छैन । तामाङ/रजिल/भगवती जेभीले जिम्मा पाएको उक्त खण्डको काम हालसम्म ५२ प्रतिशतमात्रै सकिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख अनुक्षा घिमिरेले यस खण्डमा फराकिलो, नाली निर्माण, ग्याबियन पर्खाल लगाउनेलगायत काम सकिएको बताउनुभयो । उहाँका अनुसार अब कालोपत्र गर्नमात्रै बाँकी छ । निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण समयमा काम नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।

प्रमुख घिमिरेले भन्नुभयो, “यसपालि यो खण्डको काम सकिन्छ भन्ने लागेको थियो, तर विभिन्न कारणले गर्दा अझै सकिने अवस्था रहेन । निर्माण सामग्रीको अभाव, मूल्यवृद्धिलगायत कारणले असार मसान्तसम्म काम सकिने सम्भावना छैन, तर संरचनात्मक (स्ट्रक्चर)को काम करिब सबै सकिएको छ, पहिलेको तुलनामा धेरै काम भएको छ ।”

यस खण्डको केही सडक अघिल्लो निर्माण कम्पनीले कालोपत्र गरेको थियो । उक्त कालोपत्र उप्किएर अहिले सडक थप जोखिमयुक्त बनेको स्थानीय कुलराज कँडेलले बताउनुभयो । लोकमार्गअन्तर्गत बागलुङको विकट क्षेत्रमा कालोपत्र भइसक्दा बिहुँ खण्ड भने ठेकेदारको लापरबाहीले अहिलेसम्म हिलाम्मे र धुलाम्मे रहेको उहाँको भनाइ छ ।

निर्माण कम्पनीले चासो दिएर काम नगर्दा हजारौँ यात्रु र स्थानीयले समस्या भोग्नुपरेको कँडेलले गुनासो गर्नुभयो । “यो सडकमा दैनिक सयौँ गाडीमा हजारौँ यात्रुले यात्रा गर्छन्, हिलो र धुलोले गर्दा सबैले समस्या भोग्नुपरेको छ”, उहाँले भन्नुभयो, “साथै लोकमार्ग आसपासका स्थानीयलाई धुलो र धुवाँले थप सास्ती भएको छ । हिउँदभरि धुलो उडेर बारीभरि भएका फलफूल र सब्जीलाई ढाक्छ, बर्खामा हिलोले सबै पुरिन्छ, यो समस्याले गर्दा गाउँमा बस्न सकिने अवस्था छैन ।”

काठेखोला गाउँपालिका-५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले वर्षौँदेखि यहाँका नागरिकले सडक समयमा सक्नका लागि दबाब दिँदै आए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको बताउनुभयो । हिलाम्मे र धुलाम्मे सडकका कारण स्थानीय बिरामी पर्ने गरेको भन्दै उहाँले कतिपय बसाइँसराइ गर्न बाध्य भएका उल्लेख गर्नुभयो ।

वडाध्यक्ष कँडेलले भन्नुभयो, “हिउँद लाग्यो भने सडक आसपासका स्थानीयलाई बिरामी पर्ने जोखिम हुन्छ, सडकको धूलो उडेर घरभित्रै आउँछ । धुलोका कारण बिरामी हुने पनि धेरै छन्, पहिलेको ठेकेदार काम गरेन भनेर अर्कोलाई जिम्मा दिए, अहिले पनि म्याद सकिन धेरै समय छैन तर कामले भने गति लिएको छैन ।”

लोकमार्गको एक हजार ८७९ किलोमिटरमध्ये बागलुङ खण्डमा १४० किलोमिटर पर्दछ । लोकमार्गको तल्लो खण्ड उपल्लाचौरबाट अक्षेते-बिहुँ खण्ड २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । पाँच पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि गत पुसमा यस खण्डको पनि ठेक्का तोडिएको छ ।

Previous Post

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

Next Post

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In