• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली कांग्रेसको रणनीतिः माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने

by
२४ माघ २०७९,
0
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हातमा परेको सत्ताको ठूलो माछा गुमाएर पश्चातापमा रहेको कांग्रेस माओवादीलाई फकाएर एमालेप्रति रिस फेर्ने रणनीतिमा लागेको छ । संसदको ठूलो दल भएर पनि सत्ता र शक्तिबाट विमुख कांग्रेस राष्ट्रपति आफ्नो पोल्टामा पार्ने खेलमा छ । पूर्व सहमति विपरीत राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले अमूर्त निर्णय गरेपछि सरकारका निर्माता रहेका एमाले अध्यक्ष केपी शर्मा ओली थप सशंकित बन्नु भएको मात्र छैन, रवि लामिछानेको बहिर्गमनपछि विकसित घटनाक्रमले गठबन्धनमा विश्वास कमजोर बन्दै गएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले एमालेतर्फबाट सभामुखमा प्रत्यासी देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उम्मेदवार उठायो । संसदभित्र कम आकर्षक पद मानिने उपसभामुखमा समेत उसले प्रत्यासी खडा गर्‍यो ।

अहिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा ठीक उल्टो माओवादीलाई सघाउने निर्णय गरी नाङलो ठटाएर हात्ती तर्साउने रणनीतिलाई कांग्रेसले तीब्रता दिएको बुझिन्छ । यी सबै चुनाव जित्नेभन्दा एमालेसँग पौंठेजोरी खेलेर माओवादीलाई बुई बोक्ने चालबाजी हो ।कांग्रेसको यसखाले आफूलाई कुनोमा पार्ने रणनीति बुझेकोएमालेले संसदमा विशेष समय लिएरै सत्ताबिहीन कांग्रेसको छटपटीले अस्थिरता निम्त्याएको टिप्पणी गर्‍यो ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर पुस १० गते भत्किएको आफू नेतृत्वको ५ दलीय सत्ता गठबन्धनलाई ब्युँताउने प्रयासस्वरुप माओवादी फकाएर एमाले चिढ्याउने रणनीति बनाएको बुझ्न कठिन छैन । पार्टीका प्रभावशाली नेताहरुको असहमति बाबजुद् दाहाल सरकारलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादीविरुद्ध उम्मेदवारी नै दिएन ।यो निर्णयले एमालेलाई थप चिढ्याउने पक्का छ ।

यी सबै परिघटनाको अन्तर्य कांग्रेसले आसन्न राष्ट्रपति निर्वाचनमा माओवादी मत लिने प्रयास स्वरुप मिल्काइएका तुरुप नै हुन । यही प्रयासस्वरुप कांग्रेसले संघीय संसद मात्र हैन, प्रदेशमा समेत समर्थन जनाइरहेको छ । कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट एमालेले अघि सारेका उम्मेदवारहरुविरुद्ध भने चुनौति दिएर एमाले र माओवादीबीच फाटो ल्याउने अविराम प्रयासमा लागेको देखिन्छ ।

पहिलाको गठबन्धन भत्किएपछि अनाथजस्तो देखिएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पनि यो समीकरण रुचाएको छैन । केन्द्रीय कमिटी बैठकमाप्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष नेपालले गठबन्धन राष्ट्रपतिको चुनावसम्म मात्र रहने प्रक्षेपण गर्नुभएको छ ।

एकातिर एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको निकटता बढ्नु, सत्ता विमुख दलहरुको मोर्चाबन्दी कस्सिनु अर्कातिर प्रधानमन्त्री दाहाल नेतृत्वको माओवादी केन्द्र सहमतिमा इमान्दार नदेखिनु भावी राजनीति थप जटिल बन्दै जानुको संकेत हो । चुनाव भएको तीन नवित्दै शक्ति र सत्ताका लागि भएका यसखाले खेलकुद निश्चय नै लोकतन्त्रको मर्म र मर्यादा विपरीत हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र कांग्रेस राष्ट्रिय सहमतिको सरकारको पक्षमा छ भने एमाले यसको विपक्षमा छ । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास हुने बताउँदै आइरहेका छन् । तर, नेकपा एमालेले भने राष्ट्रपति निर्वाचन एमालेको उम्मेदवारमा सहमति हुनुपर्ने बताउँदै आएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति निर्वाचनमा ढोक्सा थापेको समेत आरोप लगाउँदै आएका छन् ।

Previous Post

संयुक्त राष्ट्रसंघद्धारा २०२३ मा भारतको वृद्धिदर ५.८ प्रतिशतमा हुुने प्रक्षेपण

Next Post

कस्तो छ आज (माघ २४ गते मंगलबार) को राशिफल ?

सम्बन्धित खबर

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन
फिचर-ब्यानर

दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

२२ असार २०८३,
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

२२ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

कस्तो छ आज (माघ २४ गते मंगलबार) को राशिफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In