• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती पुलको दोस्रो पटक म्याद थप

    सेती पुलको दोस्रो पटक म्याद थप

    तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

    तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

    प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

    षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२८ जेष्ठ २०८३,
0
षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, २८ जेठः भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो ।

हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताउनुभयो । बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो । “लोमा खोला आयोजनामार्फत १२ सय परिवारमा धारा जडान सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “बाँकी रहेका घरमा पनि क्रमशः वितरण गर्ने लक्ष्य छ ।”

पानी शुद्धीकरण पर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केही समस्या भएको उहाँको भनाइ छ । मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्सातको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको अध्यक्ष राईले बताउनुभयो ।

बस्तीमा पानी वितरण थालिएपछि वर्षौंदेखीको पानीको समस्या हटेको स्थानीयवासी छत्रमाया कार्कीले बताउनुभयो । लोमा खोलाको पानी घरमा आएपछि दैनिक काममा सहजता भएको उहाँको भनाइ छ ।“घरमा धारा जडान भएपछि सहजता छ”, उहाँले भन्नुभयो, “एक गाग्री पानीको जोह गर्न दुईचार घण्टा लाग्थ्यो । अहिले आगनको डिलमा धारा छ । पानीको कुनै चिन्ता छैन ।”

बस्तीमा लोमा खोलाको पानी आएपछि दैनिकी नै फेरिएको स्थानीयवासी तिलबहादुर श्रेष्ठले बताउनुभयो । पानी आएपछि गाईभैँसी खुवाउनदेखि दैनिक सरसफाइमा सहजता भएको उहाँले बताउनुभयो ।

यो आयोजनाले षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका करिब एक हजार ५०० परिवारलाई राहत पुग्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । आयोजनालाई चाँडो सम्पन्न गराउन नगरले सम्बन्धित निकायमा बजेट मागसँगै आवश्यक सहजीकरण गरिरहेको उहाँको भनाइ । “यो षडानन्द नगरपालिकामा सञ्चालनमा रहेको ठूलो योजना हो”, उहाँले भन्नुभयो, “यो आयोजनाबाट धेरै घर परिवारमा शुद्ध पिउने पानी पुग्दैछ । समयमा सम्पन्न गराउन हामीले पनि आवश्यक भूमिका खेलिरहेका छौँ ।”

यो आयोजना निर्माणको काम दुई ‘स्किम’मा सञ्चालन भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका इन्जिनियर दीपक यादवले जानकारी दिनुभयो । श्रमदानसहित यो आयोजनाको अनुमानित कूल लागत रु २६ करोड ८२ लाख ३० हजार ८३५ रहेको कार्यालयले जनाएको छ ।

“लोमा खोला खानेपानी आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ”, उहाँलेले भन्नुभयो, “कामलाई तीव्र रुपमा अघि बढाएका छौँ । अब करिव २८५ घरधुरीमा पानी वितरण र शुद्धस्करण संयन्त्र बनाउन बाँकी रहेको अवस्था छ ।” चालु आर्थिक वर्षमा तीन वटा ट्याङ्की, चार वटा डिपिटी र तीन वटा वितरण च्याम्बर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै दुई हजार १०० मिटर मुख्य पाएप लाइन र ३७ हजार मिटर वितरण लाइन विस्तार गरिएको कार्यालयले जनाएको छ ।

दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब १५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ । यो आयोजनाको काम आव २०७५÷७६ बाट थालनी भएको हो ।

Previous Post

मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

Next Post

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

metakhabar

metakhabar

सम्बन्धित खबर

सेती पुलको दोस्रो पटक म्याद थप
आर्थिक

सेती पुलको दोस्रो पटक म्याद थप

२८ जेष्ठ २०८३,
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
आर्थिक

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

२८ जेष्ठ २०८३,
प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ
आवाज

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

२८ जेष्ठ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

२८ जेष्ठ २०८३,
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
आवाज

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

२८ जेष्ठ २०८३,
कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
आवाज

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

२८ जेष्ठ २०८३,
Load More
Next Post
प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In