• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), २६ जेठः भोजपुरको अरुण गाउँपालिकामा जन्मिनुभएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय हुनुहुन्छ ।

उहाँ विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा संरक्षणका लागि सारङ्गी रेट्दै लोकगीत गुनगुनाउनुहुन्छ । सोमबार साँझपख भेडेटारमा भेटिनुभएका गन्धर्वले भन्नुभयो,“मेरा लागि यो मनोरञ्जनको माध्यम मात्र नभई जीवनका भोगाइ, वैदेशिक रोजगारीका अनुभव तथा सामाजिक चेतनाका सन्देश अभिव्यक्त गर्ने माध्यम पनि हो । यो पुर्ख्यौली पेसाप्रतिको सम्मान पनि हो ।”

बुबाको प्रेरणाले १० वर्षकै उमेरदेखि सारङ्गी समात्न सिक्नुभएका हिमालले १५ वर्षको उमेरदेखि व्यावसायिक रूपमा गीत गाइरहेको सुनाउनुभयो । आफ्नो समुदायको मौलिक संस्कृति र पहिचानलाई निरन्तरता दिने क्रममा उहाँ पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरदेखि चितवन, काभ्रे र काठमाडौँसम्म पुगिक्नुभएको छ ।

कुनै समय सार्वजनिक बस सवारीसाधनमा गीत गाएर जीविका चलाउँदै आउनुभएका हिमालले हाल धरान, भेडेटारलगायत विभिन्न स्थानमा पुगेर सारङ्गीको धुनसँगै विभिन्न गीत सुनाइरेको बताउनुभयो । “जीवनयापनको खोजीमा १९ वर्षको उमेरमा वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुप¥यो । करिब चार वर्ष वैदेशिक रोजगारीपछि स्वदेश फर्किएर आफ्नै पुख्र्यौली पेसामा लागेको थिए । त्यसयता निरन्तर सारङ्गी वादन र गायनमा सक्रिय छु”, उहाँले भन्नुभयो ।

सारङ्गी बजाएर मात्र पूर्ण रूपमा जीविकोपार्जन गर्न कठिन हुने अनुभव सुनाउँदै हिमाल भन्नुहुन्छ, “जीविकोपार्जनका हिसाबले समस्या छ, तर बाबु, बाजे बोजुहरूले संरक्षण गर्दै आएको समुदायको पहिचानसँग जोडिएको पेसा भएकाले छोड्न सकिँदैन । नयाँ पुस्ताले पनि यसको जगेर्ना गर्नुपर्छ भन्ने सोचले निरन्तरता दिइरहेको छु ।”

उहाँका अनुसार बर्सात तथा प्रतिकूल मौसममा आम्दानी निकै कम हुने गरेको छ । हिउँद र पर्यटकीय सिजनमा भने मासिक रु २० हजारदेखि २५ हजारसम्म कमाइ हुने गरेको छ । बिहानदेखि साँझ ७ बजेसम्म सडकमा बसेर गीत सुनाउँदा पनि कहिलेकाहीँ रित्तो हात फर्किनुपर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

हिमालले भन्नुभयो, “गीत गाएर हुने यही कमाइले मात्रै परिवार धान्न गाह्रो हुन्छ, त्यसैले गाउँमा खेतीपाती पनि गर्नुपर्छ । पहाडमा धान फल्ने खेतबारी छैन, पाखोबारीमा थोरै मकैखेती गरिन्छ, त्यो काम सकेर सहर पस्छु । खेती र सारङ्गीलाई सँगसँगै अघि बढाएर जीवनयापन गरिरहेको छु ।”

यहाँका अधिकांश ठाउँमा विवाह, व्रतबन्धलगायत शुभकार्यमा गन्धर्व कलाकारलाई बोलाएर गीत गाउन लगाउने चलन छ । भजन टोलीसँगै सारङ्गी वादनका लागि कहिलेकाहीँ निम्तो आउने गरेको र त्यस्तो समयमा अलि बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय यस्तो प्रचलनमा कमि आइरहेको र नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदा मौलिक कला सङ्कटमा पर्दै गएको भन्दै हिमालले चिन्ता व्यक्त गर्नुभयो ।

गन्धर्व समुदायजसलाई ‘गाइने’ जातिका रूपमा पनि चिनिन्छ । यो नेपालका लोपोन्मुख तथा अल्पसङ्ख्यक जातिमध्ये एक हो । भोजपुर, कास्की, तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख र सुर्खेतलगायत जिल्लामा यस समुदायको बढी बसोबास रहेको पाइन्छ ।

नेपाली लोकसङ्गीत र लोक जीवनको संरक्षण तथा प्रवर्द्धनमा गन्धर्व समुदायको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । सारङ्गी र मादलजस्ता वाद्यवादनमार्फत लोकसंस्कृतिलाई पुस्तान्तरण गर्दै आएका गन्धर्वहरूले लोकगीतलाई जीविकोपार्जनको माध्यम समेत बनाएका छन् । यिनै लोकस्रष्टाको प्रेरणाबाट पछिल्लो समय अन्य समुदायका मानिसले पनि सारङ्गी बजाउने र बनाउने गरेको पाइन्छ ।

पुख्र्यौली पेसालाई आधुनिक समयसम्म जीवित राख्न सङ्घर्षरत हिमाल गन्धर्वको जीवनयात्राले नेपाली लोकसंस्कृतिको संरक्षणमा समर्पित एक कलाकारको प्रयासलाई उजागर गरेको छ । “सारङ्गीको प्रत्येक धुनसँगै समाजको यथार्थ र मानिसका पीडा पनि भन्ने गरेका छौँ । आफ्नो समुदायको इतिहास, पहिचान र संस्कृतिलाई जीवन्त बनाइ राख्न पनि यस पेसामा क्रियाशील छु । यसको निरन्तरताका लागि युवा पुस्तालाई जागरूक गर्न सरोकार भएकाहरूले ध्यान दिन आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

Previous Post

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

Next Post

डीडीसी उत्पादनको प्रवर्द्धनमा सरकारको जोड, मन्त्रिपरिषद्मा विशेष छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा
फिचर-ब्यानर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

१० साउन २०८३,
ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य
फिचर-ब्यानर

ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

१० साउन २०८३,
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
फिचर-ब्यानर

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

१० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

१० साउन २०८३,
नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन
फिचर-ब्यानर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

९ साउन २०८३,
Load More
Next Post
डीडीसी उत्पादनको प्रवर्द्धनमा सरकारको जोड, मन्त्रिपरिषद्मा विशेष छलफल

डीडीसी उत्पादनको प्रवर्द्धनमा सरकारको जोड, मन्त्रिपरिषद्मा विशेष छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In