• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टक्सार (भोजपुर),  ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ अन्तर्गत भएको दौडमा खुला पुरुषतर्फ प्रताप थामसुहाङ र महिलातर्फ पुष्पा शेर्मा प्रथम हुनुभएको छ । अठार किलोमिटरको दौडमा एक घण्टा ५९ मिनेट १९ सेकेण्डमा दूरी पार गर्दै प्रताप र दुई घण्टा ३३ मिनेट १४ सेकेण्डमा दूरी पार गर्दै पुष्पा प्रथम हुनुभएको हो ।

रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोगमा  सञ्चालन पुरुष तथा महिला खुला र ४० वर्षमाथि महिला, पुरुष (भेट्रान) दौड प्रतियोगितामा ५८ जनाको सहभागिता थियो ।

चखेवा, बेसक्याम्प, टेम्के, तावाभञ्ज्याङ, पाँचधारे हुँदै चखेवासम्म सञ्चालन भएको दौडको खुला पुरुषतर्फ चन्द्रबहादुर लिम्बु द्वितीय, दीपक राई तृतीय हुनुभयो भने महिलातर्फ रुष्मा राई द्वितीय, दीर्पा बस्नेत तृतीय हुनुभयो ।

एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गरी प्रचारप्रसार गर्ने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिएको हो । ४० वर्षमाथि पुरुष (भेट्रान) तर्फ दुई घण्टा १२ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै जङ्गवीर कुलुङ प्रथम, किरण कुलुङ द्वितीय र विजयकुमार राई तृतीय हुनुभयो ।

महिलातर्फ तीन घण्टा २९ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै जमूना राई प्रथम, विनिता राई द्वितीय र निर्वा राई तृतीय हुनुभएको आयोजक संस्थाका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । उहाँले मुन्दुम पदमार्गमा सबै याममा भ्रमण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि मुन्दुम मनसुन ट्रेल रेस आयोजना गरिएको बताउनुभयो ।

खुला पुरुष तथा महिला दुवैतर्फ प्रथमले रु २५ हजार, द्वितीयले रु १५ हजार र तृतीयले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । उक्त विधामा उत्कृष्ट सात जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । भेट्रान पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट तीनस्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

Previous Post

पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

Next Post

परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

metakhabar

metakhabar

सम्बन्धित खबर

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
आर्थिक

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

२ अशोज २०८३,
काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
समाचार

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

२ अशोज २०८३,
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
समाचार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

२ अशोज २०८३,
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
समाचार

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

२ अशोज २०८३,
संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो
समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

२ अशोज २०८३,
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

२ अशोज २०८३,
Load More
Next Post
परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In