• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

    व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने

    परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

    परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

    मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

    पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

    स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

    स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खन्नुभयो ।

“असिनाले हुर्कँदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष ५० मुरी आलु फलाएको थियो । यसपाली आधा पनि उत्पादन होला जस्तै छैन ।”

आलुखेतीको पकेट क्षेत्र मानिने रघुगङ्गा गाउँपालिकाको मङ्गलेखानी, चौरखानी, ¥यासीखर्क, पात्लेखर्क, ढुवाडी, ढाँडका किसान असिनाले बोट नष्ट गरिदिएपछि चिन्तित भएका छन् । वैशाख र जेठमा परेको बाक्लो असिनाले आलुका बोटबिरुवा नष्ट गर्दा उत्पादनमा असर परेको किसान नरकुमारी किसानले बताउनुभयो ।

सत्ताइस परिवारको बसोबास रहेको मङ्गलेखानीका बासिन्दाको मुख्य आयस्रोत खालुखेती हो । माघमा रोपेको आलु जेठको अन्तिम सातादेखि खन्न सुरु भएको छ । समुन्द्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको मङ्गलेखानीको चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक विधिबाट आलुखेती हुने गरेको किसान कृषक नरकुमारीले जानकारी दिनुभयो ।

गत वर्ष आलु बेचेर रु दुई लाखसम्म आम्दानी गरेका यहाँका किसान यस वर्ष उत्पादनसँगै आम्दानी पनि घट्नेमा चिन्तित छन् । स्वादिलो र सुक्खा हुने मङ्गलेको आलु बेनी, पोखरा र काठमाडौँका बजारमा खपत हुन्छ ।

पात्लेखर्कमा पनि असिनाले गर्दा आलु उत्पादनमा गिरावट आएको रघुगङ्गा-८ की वडा सदस्य प्रिती पुनले बताउनुभयो । “यहाँका एक जना किसानले वार्षिक १५० मुरीसम्म आलु फलाउँछन्”, उहाँले भन्नुभयो, “तर यसपाली असिनाले सबै किसानको बारीमा आलुको दाना लाग्नै पाएको छैन, लागेको दाना पनि साना छन् ।”

असिना पीडित किसानको गुनासो र क्षतिपूर्तिका लागि गाउँपालिकामा पहल गरेको वडा सदस्य पुनले बताउनुभयो । उच्च पहाडी क्षेत्र मङ्गलेखानीको भूगोल र हावापानी अनुकूल भएकाले किसानले आलुलाई मुख्य बालीका रूपमा खेती गर्दै आएका छन् ।

यहाँका किसानलाई जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाउँपालिकाको कृषि शाखाबाट बीउ, औजार, सिँचाइ र भण्डारगृह निर्माणमा अनुदान सहयोग हुँदै आएको छ ।

Previous Post

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

Next Post

मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

metakhabar

metakhabar

सम्बन्धित खबर

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
आर्थिक

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

२६ जेष्ठ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने

२६ जेष्ठ २०८३,
परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

२६ जेष्ठ २०८३,
मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम
आर्थिक

मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

२६ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट
आवाज

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

२६ जेष्ठ २०८३,
श्रमदान गरी काठे पुल निर्माण
आर्थिक

श्रमदान गरी काठे पुल निर्माण

२५ जेष्ठ २०८३,
Load More
Next Post
मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In