• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक

    स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक

    बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

    बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

    नेपालमा उबरको औपचारिक प्रवेश, डिजिटल अर्थतन्त्रमा नयाँ कोशेढुंगा

    नेपालमा उबरको औपचारिक प्रवेश, डिजिटल अर्थतन्त्रमा नयाँ कोशेढुंगा

    बुढीगण्डकीलाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्न प्राधिकरण मोडलमा लैजाने तयारी

    बुढीगण्डकीलाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्न प्राधिकरण मोडलमा लैजाने तयारी

    नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

    नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    पश्चिमी प्रणाली सक्रियः वर्षासँगै तराईमा तापक्रम बढ्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ जेष्ठ २०८३,
0
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव सङ्कलन सुरु गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत गठित ‘मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, प्राविधिक कार्यदलले उक्त विषयमा १५ दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो ।

बाँदर, बँदेल, नीलगाई र दुम्सीलगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव मागेको हो ।

मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शिला ज्ञवालीले किसान, स्थानीय तह, सरोकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयनयोग्य समाधान खोज्न लागेको बताए । उक्त विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोडमार्फत उपलब्ध गराउन सक्ने जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका प्रतिनिधिहरू, संरक्षणकर्मी तथा अनुसन्धानकर्ता, अर्थविज्ञ, कृषि, पशु चिकित्सकलगायतका विज्ञ सदस्यहरू उक्त कार्यदलमा छन् ।

कार्यदलका संयोजक होम क्षेत्रीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नीति, कार्यक्रम, राहत, क्षतिपूर्ति र व्यावहारिक व्यवस्थापनका उपायबारे राय सुझाव सङ्कलन गरिने बताए ।

बाँदरलगायत वन्यजन्तुबाट पीडितकिसानलाई तत्काल राहत दिन र दीर्घकालीन रणनीति बनाउन पूर्व संयुक्त राष्ट्रसङ्घीय अन्तरराष्ट्रिय विज्ञ क्षेत्रीको समन्वयमा उक्त कार्यदलले स्थलगत अध्ययनसमेत अघि बढाइसकेको छ । ‘कार्यदलले देशैभरिबाट व्यावहारिक एवं कार्यान्वयनयोग्य उपाय माग्ने र स्थलगत रूपमा काम सुरु गरिसकेको छ’ उनले भने ।

पूर्वी पहाडदेखि सुदूरपश्चिमसम्म वन्यजन्तुको निरन्तर आक्रमणका कारण हजारौँ परिवार खेतीपाती छोड्न, दिनरात खेतबारी कुर्न र कतिपय ठाउँमा गाउँ नै छाडेर बसाइँ सर्न बाध्य भएकाले सरकारले यस समस्यालाई निकै गम्भीरताका साथ लिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उक्त समस्या समाधानका लागि कार्यदल गठन भएको जानकारी गराएका थिए । उनले भनेका थिए ‘बाँदरको समस्या गम्भीर छ, विश्वको सन्दर्भमा हेर्दा पनि बाँदरबाट बाली बचाउनका लागि खेतलाई वायरिङमार्फत घेरेर राख्ने वा जङ्गलमै वायरिङ गर्ने चलन छ, जुन निकै खर्चिलो हुन्छ, मानव बस्ती र वन्यजन्तु छुट्याएर राखिन्छ, यसबारे अध्ययन गर्न कार्यदल बनेको छ ।’

उक्त विषय पेचिलो भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले देशविदेशमा के–कस्ता उपाय अपनाएका छन्, सो विषयमा अध्ययन भइरहेको र कार्यदलको प्रतिवेदन आएपछि सरकारले काम गर्ने बताएका थिए ।

सन् २०२२ को एक अध्ययनअनुसार मध्यपहाडका ६० प्रतिशतभन्दा बढी घरपरिवारले बाँदरका कारण ठूलो बाली नोक्सानी व्यहोरेका छन् भने एक तिहाइभन्दा बढीले खेती गर्न नै छाडिसकेका छन् ।

अर्घाखाँचीमा गरिएको एक अध्ययनले ७४ प्रतिशत घरपरिवारले खेतीपाती छाडेको र ९० प्रतिशतभन्दा बढीलाई राहत प्याकेजबारे थाहै नभएको पाइएको थियो । सन् २०२६ फेब्रुअरीमा सरकारले औपचारिक रूपमा रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी किसानलाई पूर्वस्वीकृतिबिना नै तिनलाई धपाउन वा नियन्त्रणमा लिन अनुमति दिने नीति ल्याएको थियो ।

यो अब कुनै स्थानीयस्तरको झन्झटमात्र नभएर सिधैँ ग्रामीण जीविकोपार्जन, खाद्य सुरक्षा र तीव्र बसाइँसराइ रोक्ने राष्ट्रिय मुद्दा बनेकाले सरकार यसको दिगो समाधान निकाल्न लागिपरेको छ ।

कार्यदलले उक्त विषयमा देशभित्र र विदेशमा रहेका संयुक्त राष्ट्रसङ्घ, डब्लुडब्लुएफ, आइयुसीएन, आइसीआइएमओडी तथा डायस्पोरामा रहेका नेपाली विशेषज्ञ र विशिष्टिकृत संस्थाका विज्ञसँग परामर्श लिने तयारी गरेको जनाएको छ । वन्यजन्तु व्यवस्थापनका अतिरिक्त बहुआयामिक कोणबाट हेर्नका लागि कार्यदलले आफ्नो आन्तरिक कामलाई विभिन्न छ विषयगत समूहमा विभाजन गरेको संयोजक क्षेत्रीले जानकारी दिए ।

नीति, कानुनी रूपरेखा र संस्थागत सुशासन, वन्यजन्तु विज्ञान, सङ्ख्या व्यवस्थापन, पारिस्थितिकीय र पाइलट हस्तक्षेप, कृषि, जीविकोपार्जन र न्यूनीकरणका उपाय, सामुदायिक संलग्नता, परामर्श र मानव वन्यजन्तु सहअस्तित्व, वित्तपोषण, स्रोत परिचालन, साझेदारी र अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यास तथा सङ्कलन, विश्लेषण र अन्तिम प्रतिवेदन लेखनजस्ता क्षेत्रमा काम सुरु भइसकेको छ ।

यी क्षेत्रको अवस्था, हालसम्म भएका कामको प्रभावकारिता, तत्काल चाल्नुपर्ने कदम, मध्य तथा दीर्घकालीन उपाय र दिगो संस्थागत सुशासनको साझा विश्लेषणात्मक रूपरेखामा आधारित भई अध्ययन अघि बढाइएको हो । कार्यदलले प्रविधिको उच्च प्रयोग गर्दै दीर्घकालीन रूपमा द्वन्द्वका घटना ट्र्याक गर्न एउटा विशेष वेबसाइट विकास गरिसकेको छ ।

कार्यदलले सर्वसाधारण र विज्ञहरूले सजिलै आफ्ना अमूल्य सुझाव सिधैँ अनलाइनमार्फत पठाउन सहजताका लागि ह्वाट्सएप र इमेल च्यानलसमेत तयारी अवस्थामा राखिएको जनाएको छ । कार्यदलले भारतको हिमाचल प्रदेशले सन् २००६ देखि सुरु गरेको दक्षिण एसियाकै पहिलो बाँदर बन्ध्याकरण कार्यक्रम र त्यहाँका अन्य प्राविधिक अनुभवलाई समेत नजिकबाट विश्लेषण गरिरहेको संयोजक क्षेत्रीले बताए ।

बाँदरको बन्ध्याकरण वा स्थानान्तरणले मात्र एकल रूपमा काम नगर्ने देखिएकाले नेपालको विशिष्ट परिस्थिति सुहाउँदो बासस्थान समृद्धि, प्राकृतिक प्रतिरोध (जस्तै लङ्गुरको प्रयोग) र बाँदरले नखाने वैकल्पिक बालीतर्फ किसानलाई आकर्षित गर्नेजस्ता संयुक्त विज्ञान आधारित प्याकेजका विकल्पमा गहन छलफल भइरहेको छ ।

सन् २०२३ को निर्देशिकाबमोजिम उपलब्ध गराइने राहत प्रणालीमा रहेका प्रशासनिक झन्झट, बजेट प्रवाहको समस्या र सुस्त क्षति मूल्याङ्कनको अन्त्य गर्न कार्यदलले बाली तथा पशुधन बीमा र अक्षय कोषको नयाँ मोडलमा समेत काम गरिरहेको छ । गत जेठ ५ गते गठन भएको कार्यदलले तीन महिनावधिमा पूर्ण प्रतिवेदन पठाउने जिम्मेवारी पाएको छ ।

देशैभरिका प्रभावित किसान, समुदायका प्रतिनिधि र विज्ञहरूलाई समेटेर प्रमाणमा आधारित अर्थपूर्ण प्रतिवेदन तयार पार्न कार्यदल लागिपरेको संयोजक क्षेत्रीको भनाइ छ । कार्यदलले केवल दस्तावेज समीक्षामा मात्र सीमित नरहेर सिधैँ फिल्डमा गई ‘पाइलट परीक्षण’ गर्ने तयारीसमेत गरेको छ । यसले सरकारलाई बुझाइने अन्तिम प्रतिवेदन केवल सैद्धान्तिक नभई स्थलगत परीक्षणबाट प्रमाणित र जमिनको वास्तविक भोगाइलाई प्रतिविम्बित गर्ने ठोस मार्गचित्र बन्ने कार्यदलको विश्वास छ ।

Previous Post

नेपालमा उबरको औपचारिक प्रवेश, डिजिटल अर्थतन्त्रमा नयाँ कोशेढुंगा

Next Post

स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक

metakhabar

metakhabar

सम्बन्धित खबर

स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
आर्थिक

स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक

२३ जेष्ठ २०८३,
नेपालमा उबरको औपचारिक प्रवेश, डिजिटल अर्थतन्त्रमा नयाँ कोशेढुंगा
अन्तर्राष्ट्रिय

नेपालमा उबरको औपचारिक प्रवेश, डिजिटल अर्थतन्त्रमा नयाँ कोशेढुंगा

२३ जेष्ठ २०८३,
बुढीगण्डकीलाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्न प्राधिकरण मोडलमा लैजाने तयारी
फिचर-ब्यानर

बुढीगण्डकीलाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्न प्राधिकरण मोडलमा लैजाने तयारी

२३ जेष्ठ २०८३,
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन
फिचर-ब्यानर

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

२३ जेष्ठ २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
फिचर-ब्यानर

पश्चिमी प्रणाली सक्रियः वर्षासँगै तराईमा तापक्रम बढ्ने

२३ जेष्ठ २०८३,
मुस्ताङ अस्पतालमा बढे बिरामी
समाचार

मुस्ताङ अस्पतालमा बढे बिरामी

२३ जेष्ठ २०८३,
Load More
Next Post
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक

स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In