• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो

metakhabar by metakhabar
२१ जेष्ठ २०८३,
0
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारच्याङ (म्याग्दी), २१ जेठः आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६आँै आरोहण दिवस मनाइएको छ ।

चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रर्वद्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । पर्यटन विभागको अभिलेखअनुसार आरोहणका हिसाबले जोखिमयुक्त मानिने अन्नपूर्णमा ७६ वर्षको अवधिमा ५७२ जनाले आरोहण गरेका छन् ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा अन्नपूर्ण आरोहण दिवस मनाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । दिवसका अवसरमा आयोजित रु एक लाख २५ हजार पुरस्कार राशिको ३१ दशमलव छ किलोमिटर दूरीको दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिमा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बू र महिलातर्फ डोल्पाकी सुनसरी रोका विजयी भएका छन् ।

एथ्लेटिक्स सङ्घ गण्डकी र नेपाल भूतपूर्व खेलाडी मञ्चको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा नौ महिला र १२ जना पुरुष सहभागी भएको सो प्रतियोगिता अन्नपूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । लिम्बूले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गर्नुभएको हो । उहाँका अनुसार पुरुषतर्फ मनकुमार रोका काठमाडाँैले दुई घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

यसैगरी, महिलातर्फ पुष्पा शेरमा पाँचथरले दुई घण्टा ५२ मिनेट सात सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई (खोटाङ)ले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो हुनुभएको छ । यसैगरी, प्रतियोगितामा पुरुषतर्फ लोकेन्द्र राई (सोलुखुम्बु), होमलाल श्रेष्ठ (रामेछाप), सनम गुरुङ (तनहुँ) र महिलातर्फ सन्देभा बुढा (जुम्ला), आशमा विक (रोल्पा), भिमु बुढा (जुम्ला)ले सन्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख २५ हजार, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ४३ हजार ७५० नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु १२ हजार ५०० का दरले नगद पुरस्कारसहित सम्मान गरिएको थियो । तीन पटकसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका छाङ्वा शेर्पा र महिला आरोही माया शेर्पालाई सम्मान गरिएको छ । मौरिस हर्जोग पदमार्गको पहिचान गरेका तेजबहादुर गुरुङ, उद्धारकर्मी इन्द्रसिंह शेरचन, नक्सा तयार पार्नुभएका चित्रबहादुर तिलिजा, प्रचारप्रसारमा योगदान गर्ने नेपाल पत्रकार महासङ्घ र सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)लाई सम्मान गरिएको थियो ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हेर्जोग’ नामकरण गरेको थियो । दिवसको अवसरमा नारच्याङको मौलिक पुख्र्यौली र स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुत गरिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो ।

Previous Post

जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुभारम्भ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

२१ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
फिचर-ब्यानर

बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

२१ भदौ २०८३,
भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

२१ भदौ २०८३,
भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन
फिचर-ब्यानर

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

२१ भदौ २०८३,
बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन
फिचर-ब्यानर

बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

२१ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In