• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

metakhabar by metakhabar
१४ जेष्ठ २०८३,
0
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ ।

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् । यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिए।

पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा कोप्चेको गङ्गाराम बेघाको घर बगाएको थियो । अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाइ छ ।

“कसैको घरमाथि पहिरो छ त कसैको घरमुनिबाट पहिरो गएको थियो”, उनले भने, “पानी पर्यो कि सबैजना त्राहिमान हुने अवस्था छ, सुरक्षित स्थानतर्फ भाग्नुपर्ने स्थिति रहेको छ । यहाँ बाढीपहिरोले मानवीय क्षति नभएपछि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन र अलैँची बगानमा क्षति पुगेको छ ।”

च्याङथापूमा तीन वर्षअघि पनि भीषण वर्षापछि पहिरो गएको थियो । विसं २०८० असार ३ मा यहाँको मेवाखोलासहितका खोलामा बाढी आउनुका साथै धेरै स्थानमा पहिरो गएको थियो ।

त्यसबेला यहाँको चोक, खोलाघारी, एकरातेलगायत टोल प्रभावित भएका थिए, तर तीन वर्षपछि पहिलेभन्दा ठूलो वर्षा भएको र बाढीपहिरो गएको थियो । वडाध्यक्ष खालिङले भने,“तीन वर्षअघि जसरी पहिरोले धुजाधुजा पारेको थियो, हाल त्यस्तै अवस्था आएको छ । हामीलाई प्रकृतिले पीडामाथि पीडा दिइरहेको छ ।”

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङ पहिरो प्रभावित क्षेत्रमा त्रासको अवस्था रहेको बताउँछन्। “बादल लाग्यो कि दिउँसै पनि भाग्ने अवस्था छ । यहाँ जताततै पहिरो गएको छ । बाढीले खोलाकिनारका सबै संरचना बगाएको छ”, उनले भने ।

बाढीपहिरोले यहाँका आठवटा सिँचाइ योजना, तीनवटा खानेपानी योजना ध्वस्त भएका र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको गुरुङले बताए। बाढीपहिरोले पुष्पलाल (मध्यपहाडी) राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ र च्याङथापू–लामपोखरी मोटरबाटोमा धेरै क्षति पुगेको छ । च्याङथापू–लामपोखरी मोटरबाटो अवरुद्ध हुँदा सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी)मा सामग्री ढुवानी गर्न नसकिने अवस्था आएको छ ।

बाटो नै नभएपछि यहाँका ५० जनाभन्दा बढी विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने गर्भवतीको नियमित परीक्षण प्रभावित भएको छ । तीन वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदै पुनः क्षति भएपछि यहाँका सरोकार भएकाहरूले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिरहेका छन् ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढीपहिरोले वडा नं १, २ र ३ मा अत्यधिक क्षति पुर्याएको छ भने वडा नं ४ र ५ मा सामान्य आंशिक क्षति पुगेको छ । वडा कार्यालयहरूले अझै क्षतिको विवरण सङ्कलन गरिरहेका छन् ।

बाढीपहिरोपछि यस गाउँपालिकाका सबै वडालाई जोड्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ खण्ड अवरुद्ध छ । अवरुद्ध राजमार्गलाई ओयामबाट खुलाउन सुरुआत गरिएको छ । “बाटो सफा गरेर वडा नं ३ को फलामखोलासम्म सम्पर्क स्थापित गरेका छौँ । बाँकी काम भइरहेको छ”, उपाध्यक्ष मेन्याङ्बोले भने।

सडक अवरुद्ध भएपछि च्याङथापू र फलैँचा पुग्न नसकिएको र राहत वितरण पनि हुन नसकेको उनले बताए । “हामी ओयामदेखि माथि जाने अवस्था छैन । हाल त्यहाँका जनप्रतिनिधिलाई नै क्षतिको विवरण सङ्कलनलगायत काम गर्न भनेका छौँ”, उपाध्यक्ष मेन्याङ्बोले भने ।

Previous Post

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति पौडेल

Next Post

खच्चामा सडक खण्ड अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
खच्चामा सडक खण्ड अवरुद्ध

खच्चामा सडक खण्ड अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In