• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न

by
२२ माघ २०७९,
0
कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन् । प्रत्यारोपण कार्यमा काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि विसं २०७८ चैत १० गते सम्झौता गरेका थिए । केन्द्रबाट डा रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा सुमित आचार्य, डा दीपा लामिछाने र रेडियोलोजिस्ट डा समीर दवाडी संलग्न रहेको थियो ।

त्यस्तै, सुर्खेत अस्पतालबाट डा पूजन बल्ल, डा जनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आइसियुमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो । प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ ।

यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा डम्बर खड्काले जनाए । प्रत्यारोपण केन्द्रमा हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौजनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । “अब कर्णालीका बिरामीले काठमाडौँ धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले रु एक समेत खर्च गर्नुपर्दैन”, उनले भने, “यसको सेवा निरन्तर हुन्छ तर कुनै पनि हालतमा बन्द हुँदैन ।”

मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए । “म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ”, उहाँले भन्नुभयो, “सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे । मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ ।” अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए ।

Previous Post

प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, एकताको आधार तयार पार्ने समझदारी

Next Post

कश्मीरका सन्तूर निर्माण गर्ने गुलाम मुहम्मदलाई पद्मश्री पुरस्कार

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
कश्मीरका सन्तूर निर्माण गर्ने गुलाम मुहम्मदलाई पद्मश्री पुरस्कार

कश्मीरका सन्तूर निर्माण गर्ने गुलाम मुहम्मदलाई पद्मश्री पुरस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In