• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२९ बैशाख २०८३,
0
काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात् सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन् ।

महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिएकी हुन् ।

कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए, त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई समेत निर्देशन दिए । ‘बेरुजु शून्य बनाउन महत्त्वपूर्ण लगाव चाहिएको छ । राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेछ । सार्वजनिक जग्गा अतिक्रमण हटाएर भएका सम्पत्तिको अभिलेखन प्रभावकारी बनाउनुपर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनुपर्नेछ । रातको समयमा सडकबत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ । भू–प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । वडामै महानगरको मुहार देखिने भएकाले यसतर्फ सबै संवेदनशील बनौँ’, उनले भनिन् ।

वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले हालसम्म महानगरको खर्च प्रतिशत ४० दशमलव ९४ र वडाहरूको ३९ दशमलव तीन प्रतिशत रहेको जानकारी दिए । सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७ दशमलव १७ प्रतिशत प्रगति गरेको, त्यसपछि ५६ दशमलव ४७ र ५० दशमलव ६२ प्रतिशत खर्च भएको उनले बताए ।

यसैगरी सबैभन्दा कम खर्च गर्ने वडाको खर्च १३ दशमलव २१ प्रतिशत रहेको छ भने त्यसभन्दा बढी खर्च गर्नेमा दोस्रोको १६ दशमलव ८१ र तेस्रोको खर्च प्रतिशत १७ दशमलव ६८ प्रतिशत छ ।

महानगरले वडालाई ठूला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।

वडा नं १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वडा ठूला, २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वडा मझौला र बाँकी १८, १९, २०, २१, २३ र २७ लाई साना वडामा राखिएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक अन्य वडास्तरीय क्षेत्रगत विकासका लागि ठूला वडालाई रु १० करोड, मझौलालाई रु सात करोड ५० लाख र साना वडालाई रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

Previous Post

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

Next Post

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

metakhabar

metakhabar

सम्बन्धित खबर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
फिचर-ब्यानर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

२९ बैशाख २०८३,
सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

२९ बैशाख २०८३,
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड
समाचार

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

२९ बैशाख २०८३,
Load More
Next Post
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In