• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

metakhabar by metakhabar
२६ बैशाख २०८३,
0
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र छ झारलको सिकार गरिएको छ ।

यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम (असोज–कात्तिक) र दोस्रो याम (चैत–वैशाख) हुने गर्छ ।

यस याममा आरक्षका ब्लकहरु सुनदहमा दुई नाउर र दुई झारल, सेङमा दुई नाउर, दोगाडीमा पाँच नाउर, बार्सेमा एक नाउर, फागुनेमा एक नाउर र एक झारल तथा घुस्तुङमा दुई नाउर र तीन झारलको सिकार गरिएको छ । सिकारीले अनुमति लिएकामध्ये एक नाउर, चार झारल र १३ बँदेलको भने सिकार गर्न नसकेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्षको दोस्रो सिजनका लागि १४ नाउर, १० झारल र १३ बँदेलको सिकार गर्न कोटा निर्धारण गरिएको थियो ।

पेसेवर विदेशी सिकारीका लागि यो आरक्ष विश्वमै प्रख्यात छ । यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्नका लागि आवश्यक कानुनी प्रक्रियामार्फत राजस्व निर्धारण गर्ने गरेको छ ।

सिकार खेलाएर आरक्षले आर्थिक वर्ष २०८०/८१ मा चार करोड २६ लाख ८८ हजार ७००, आव २०८१/८२ मा रु दुई करोड ७५ लाख ६० हजार ४०० र आव २०८२/८३ रु चार करोड १७ लाख ७९ हजार राजस्व आम्दानी गरेको आरक्षका रेञ्जर सागरप्रसाद सुवेदीले बताए।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुन्छ । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजाने गरेको रेञ्जर सुवेदीले जानकारी दिए । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ ।

आरक्षमा यो याममा नेपाल ट्राभल एकसपिडिसन प्रालि, हिमालयन सफारिज प्रालि, हिमालयन वाईल्डलाइफ आउटफिटर्स प्रालि, ओपन नेपाल वाईल्डलाइफसफारी एण्ड ट्रेक प्रालि, ग्लोबल सफारिज नेपाल प्रालि रट्राक्स एण्ड ट्रेल्स प्रालिले सिकारका लागि टेण्डर पाएका थिए ।

बोलपत्र बढाबढमा सबैभन्दा बढी मूल्य बोलकबोल गर्ने कम्पनीलाई सिकारका लागि छनोट गर्ने गरिएको विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए । बोलपत्र बढाबढमा अधिकतम् एक नाउरको सिकार गर्न रु २३ लाखसम्म र झारलको सबैभन्दा बढी रु १८ लाखसम्म बोलकबोल गरिएको विभागको तथ्याङ्क छ ।

“सिकार गर्नका लागि सिकारीलाई २१ दिनसम्मको समय दिइन्छ । सिकारीले अनुमति प्राप्त बन्दुक र गोली आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन्”, वरिष्ठ इकोलोजिष्ट आचार्यले भने । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छन् ।

यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४ रहेको आरक्षका रेञ्जर सुवेदीले जानकारी दिए ।

कसरी निर्धारण गरिन्छ सिकार

आरक्षमा जन्यजन्तुको गणनापछि वैज्ञानिक तरिकाले सिकार लागि निश्चित सङ्ख्या निर्धारण गरिन्छ । सङ्ख्या निर्धारण पछि बुढो उमेरको भालेको मात्र सिकार गर्ने, गरिने आरक्षको भनाइ छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आँकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ ।

“यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्‍याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पुर्‍याउने परिस्थिति पनि उत्पन्न हुँदैन”, वरिष्ठ इकोलोजिष्ट आचार्यले भने ।

विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चराहरू पाइन्छन्। वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो ।

आरक्षमा सिकार खोलाउने मध्येको एक हिमालयन सफारिज कम्पनीले यस याममा सिकारका लागि नाउर दुई, झारल एक र दुई बँदेलको अनुमति लिएको जनाएको छ । त्यसमध्ये दुई नाउरको सिकार गरेको र मौसमी प्रतिकूलताका कारण एक झारलको सिकार गर्न नसकिएको सञ्चालक महेश बस्नेतले बताए ।

“प्रायः सिकारीले बँदेलको सिकारमा खासै इच्छा देखाउँदैनन् र सहजै भेटिएमा मात्र सिकार गर्ने गरेका छन् । तर नाउर र झारलसँगै सङ्ख्याको अनुपातमा बँदेलको पनि सिकारका लागि अनुमति भने लिनैपर्ने कानुनी प्रावधान छ”, सञ्चालन बस्नेतले भने ।

यस याममा संयुक्त राज्य अमेरिका, फ्रान्स, स्पेन, रसिया, जर्मनी, बेल्जियम र डेनमार्कका नागरिक सिकार खेल्न आएका थिए । कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरेका छन् । यस अघिको तुलनामा आरक्षमा चोरी, सिकारी नियन्त्रण भएकोले वन्यजन्तुको सङ्ख्यामा वृद्धि देखिएको सिकार कम्पनीहरुको भनाइ छ ।

Previous Post

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

Next Post

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In