• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

metakhabar by metakhabar
२५ बैशाख २०८३,
0
लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर प्रतिपक्ष दलहरूले सरकारमाथि कूटनीतिक कमजोरी देखिएको आरोप लगाउँदै तत्काल स्पष्ट र एकीकृत राष्ट्रिय नीति बनाउन दबाब बढाएका छन्। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा विषय गम्भीर रूपमा उठ्दै सरकारको कार्यशैलीमाथि प्रश्न पनि तेर्सिएको हो।

बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका सांसदहरूले भारत र चीनले नेपाली भूमिलाई व्यापारिक तथा धार्मिक मार्गका रूपमा प्रयोग गर्नु सार्वभौमसत्तामाथिको चुनौती भएको दाबी गरे। उनीहरूले सरकारको हालसम्मको कूटनीतिक प्रयास ‘कागजी र प्रतिक्रियात्मक मात्र’ भएको भन्दै सक्रिय वार्ता र ठोस पहलको माग गरे।

नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सीमासम्बन्धी विषयलाई केवल कूटनीतिक नोटमा सीमित गर्नु पर्याप्त नभएको टिप्पणी गरे। उनका अनुसार लिपुलेक नेपाली भूभाग भएको विषयमा अब प्रत्यक्ष वार्ता (टेबल टक) को स्तरमा जान ढिलाइ गर्नु हुँदैन। उनले धार्मिक–पर्यटन आयामलाई पनि कूटनीतिक रणनीतिसँग जोडेर अघि बढाउनुपर्ने तर्क राखे।

नेकपा (एमाले) सांसद भूमिका लिम्बू सुब्बाले भारतीय विदेश मन्त्रालयको हालैको प्रतिक्रियालाई ‘गैरजिम्मेवार’ भन्दै त्यसको कूटनीतिक प्रतिवाद गर्न सरकार असफल देखिएको आरोप लगाइन्। उनले सबै दललाई समेटेर राष्ट्रिय सहमतिको दस्तावेज तयार पार्नुपर्नेमा जोड दिँदै विदेश नीतिमा निरन्तरता र सन्तुलन आवश्यक रहेको बताइन्।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का सांसद प्रमेश कुमार हमालले सीमावर्ती विवादमा सरकारले देखाएको चासो सकारात्मक भए पनि पर्याप्त नभएको बताए। उनले विगतका कूटनीतिक प्रयासलाई आधार बनाएर अझ प्रभावकारी र परिणाममुखी रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याए। समितिमा उठेका धारणा अनुसार सांसदहरूले सरकारलाई छिमेकी मुलुकसँग उच्चस्तरीय राजनीतिक संवाद सुरु गर्न, राष्ट्रिय सहमति कायम गर्न र सीमा सुरक्षा रणनीति स्पष्ट बनाउन दबाब दिएका छन्। उनीहरूले यो विषयलाई दलगत राजनीतिभन्दा माथि राखेर साझा राष्ट्रिय एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन्।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In