काठमाडौं । सत्तारुढ रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को केन्द्रीय कार्यालय अगाडि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुकुमवासीहरू कार्यालयतर्फ जान थालेपछि सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरीको टोली त्यहाँ तैनाथ गरिएको छ ।
सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै प्रभावितहरू आन्दोलनमा उत्रिएका छन् । विशेषगरी थापाथली लगायतका क्षेत्रका सुकुमवासीहरू शुक्रबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले उचित वैकल्पिक व्यवस्था नगरी जबर्जस्ती बासस्थान खाली गराउन खोजिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनका कारण राजधानीका केही क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।













