• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ । यही सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका विदेशमन्त्री यभेट कुपरबीच भएको छलफलले आगामी कूटनीतिक कदमहरूलाई थप स्पष्ट बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता टोमी पिगटका अनुसार रुबियोले कुपरसँग टेलिफोन संवाद गर्दै इरानसँग भएको युद्धविरामसँग सम्बन्धित पछिल्ला अवस्थाहरूको समीक्षा गर्नुभएको हो । छलफलमा विशेषगरी स्ट्रेट अफ होर्मुजमा समुद्री सुरक्षाको अवस्था र त्यहाँ अवरुद्ध भएको अन्तर्राष्ट्रिय जलमार्गलाई कसरी सुरक्षित र खुला बनाउने भन्ने विषयमा जोड दिइएको थियो ।

दुवै पक्षले जल डमरूमध्यमा नौवहन स्वतन्त्रता तत्काल पुनःस्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै व्यावसायिक जहाजहरू सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा सहमति जनाएका छन् । यसले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खला अवरोध बिना सञ्चालन हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वासिङ्टन र तेहरानबीच भएको युद्धविराम अप्रिल २२ मा समाप्त हुने तय गरिएको छ । यस्तो अवस्थामा यसको भविष्य र विस्तारबारे अझै अनिश्चितता कायमै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम विस्तार आवश्यक पर्छ कि पर्दैन भन्नेबारे स्पष्ट धारणा नरहेको बताउँदै हालसम्मका वार्ताप्रति आशावादी रहेको सङ्केत गर्नुभएको छ ।

पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिका र इरानबीचको संवाद सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार इरान अहिले दुई महिनाअघि तयार नभएका विषयहरूमा विशेषगरी आणविक हतियारसम्बन्धी विषयमा पनि सहमत हुन इच्छुक देखिएको छ । अमेरिका भने इरानसँग अन्तिम सम्झौतामा पुग्न केन्द्रित रहेको उहाँको भनाइ छ ।

यसैबीच, युरोपेली नेतृत्वले पनि होर्मुजको जल डमरूमध्य पुनः सञ्चालनमा ल्याउने पहललाई गति दिन थालेको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विश्व नेताहरूको भर्चुअल बैठक आयोजना गर्ने तयारी गर्नुभएको छ, जसमा करिब ४० देशका सहभागी हुने अपेक्षा गरिएको छ ।

बैठकमा इरानसँग भएको नाजुक युद्धविरामलाई समर्थन गर्दै प्रमुख समुद्री मार्गहरू सुरक्षित राख्ने उपायहरूमा छलफल गरिनेछ । बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार जल डमरूमध्य पुनः खोल्न अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी एक प्रकारको सुरक्षा मिसन गठन गर्ने प्रस्ताव पनि छलफलमा रहनेछ ।

उक्त प्रस्तावित मिसन रक्षात्मक स्वरूपको हुने र आवश्यक परे संयुक्त सैन्य प्रयासमार्फत कार्यान्वयन गरिने सम्भावना रहेको बताइएको छ । साथै जहाज र चालक दलको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुद्री सङ्गठनसँग सहकार्य गर्ने विषय पनि प्राथमिकतामा राखिएको छ ।

स्टार्मर पेरिस पुगेर म्याक्रोनसँग सह–आयोजनामा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ भने जर्मन चान्सलर फ्रेडरिक मर्जको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ । बैठकमा जल डमरूमध्य तत्काल र बिना सर्त पुनः खोल्नु विश्वव्यापी जिम्मेवारी भएको धारणा प्रस्तुत गरिने तयारी गरिएको छ ।

विश्लेषकहरूका अनुसार होर्मुजको अवरोधले ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष असर पारेकाले यसको समाधानका लागि बहुपक्षीय पहल अपरिहार्य बनेको छ । यस्तो अवस्थामा अमेरिका, युरोप र क्षेत्रीय शक्तिहरूबीचको समन्वयले आगामी दिनमा युद्धविरामको स्थायित्व र समुद्री सुरक्षाको अवस्थालाई निर्णायक रूपमा प्रभावित गर्न सक्ने देखिएको छ ।

Previous Post

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

Next Post

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In