काठमाडौं ।पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको आरोप लगाएका छन्। उनले यसविरुद्ध राजनीतिक र कानुनी रूपमा लड्ने बताएका छन्।
शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।पक्राउपछि प्रतिक्रिया दिँदै लेखकले भने, “राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरिएको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।”
उनले मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिलाई पक्राउ गर्ने अभ्यास सुरु गरिएको भन्दै आपत्ति जनाए। “क्याबिनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ, यस्तो संसारमा कहिल्यै हुँदैन,” उनले टिप्पणी गरे।












