• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

    खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

metakhabar by metakhabar
७ चैत्र २०८२,
0
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा । विश्व व्यापार सङ्गठनले सन् २०२५ मा अपेक्षाभन्दा राम्रो प्रदर्शनपछि सन् २०२६ मा विश्वव्यापी व्यापार वृद्धि सुस्त हुने जनाएको छ । सङ्गठनले जारी गरेको पछिल्लो प्रतिवेदनमा मध्यपूर्वमा जारी द्वन्द्वले विश्व व्यापारमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएको छ ।

प्रतिवेदनअनुसार ऊर्जा मूल्यमा ठूलो झट्का नपरेको अवस्थामा वस्तु व्यापार वृद्धि सन् २०२५ को ४ दशमलव ६ प्रतिशतबाट घटेर सन् २०२६ मा १ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । त्यसपछि सन् २०२७ मा यो वृद्धि पुनः २ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।
सेवा व्यापार वृद्धि सन् २०२६ मा ४ दशमलव ८ प्रतिशतमा सीमित हुने र सन् २०२७ मा ५ दशमलव १ प्रतिशतमा बढ्ने प्रक्षेपण गरिएको छ । समग्रमा वस्तु र सेवा व्यापार सन् २०२६ मा २ दशमलव ७ प्रतिशतले बढ्नेछ, जुन सन् २०२५ मा ४ दशमलव ७ प्रतिशत थियो ।

विश्व अर्थतन्त्रको वृद्धि पनि केही सुस्त हुने अनुमान गरिएको छ । सन् २०२५ को २ दशमलव ९ प्रतिशतबाट सन् २०२६ र २०२७ मा २ दशमलव ८ प्रतिशतमा सीमित रहने बताइएको छ ।तर, मध्यपूर्वमा जारी द्वन्द्वले ऊर्जा बजारमा अवरोध पु¥याएमा यी अनुमानहरू अझ बिग्रन सक्ने चेतावनी दिइएको छ । द्वन्द्वका कारण विश्वव्यापी ढुवानी प्रभावित भएको, तेलको मूल्य तीव्र रूपमा बढेको र अर्थतन्त्रमा अस्थिरता आएको जनाइएको छ ।

यूरोपमा ग्यास र तेलको मूल्य तीव्र रूपमा बढेको छ । द्वन्द्व सुरु हुनु अघि भन्दा ग्यासको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ । कच्चा तेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ ।यदि सन् २०२६ भरि ऊर्जा मूल्य उच्च रह्यो भने वस्तु व्यापार वृद्धि शुन्य दशमलव ५ प्रतिशतले घटेर १ दशमलव ४ प्रतिशतमा सीमित हुन सक्छ । सेवा व्यापार पनि ४ दशमलव १ प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । यसले विश्व अर्थतन्त्रको वृद्धि पनि ० दशमलव ३ प्रतिशतले घटाउन सक्छ ।

विश्व व्यापार संगठनकी महानिर्देशकले उच्च प्रविधि वस्तु र डिजिटल सेवाले व्यापारलाई केही हदसम्म मजबुत बनाएको बताउनुभयो । तर ऊर्जा मूल्यको निरन्तर वृद्धि र द्वन्द्वले उपभोक्ता तथा व्यवसायमा लागत दबाब बढाउने चेतावनी दिनुभएको छ ।

विशेषज्ञका अनुसार सन् २०२५ को उच्च व्यापार वृद्धि मुख्यतः उत्तर अमेरिकामा सम्भावित उच्च शुल्कको आशंकामा आयात बढाइनु र कृत्रिम बुद्धिमत्तासम्बन्धी वस्तुहरूको माग बढ्नुका कारण भएको थियो । तर यी कारकहरू सन् २०२६ मा निरन्तर रहने सम्भावना कम रहेको बताइएको छ ।

एशियाले सन् २०२६ मा व्यापार वृद्धि नेतृत्व गर्ने अपेक्षा गरिएको छ, जहाँ आयात र निर्यात दुवै बढ्ने अनुमान गरिएको छ । दक्षिण अमेरिकामा पनि निर्यात वृद्धि बलियो रहनेछ । तर उत्तर अमेरिका र युरोपमा वृद्धि कमजोर रहने प्रक्षेपण गरिएको छ ।प्रतिवेदनले मध्यपूर्व द्वन्द्वका कारण ढुवानी र सेवा क्षेत्रमा निरन्तर अवरोध रहेको उल्लेख गर्दै दीर्घकालीन सङ्कटले यातायात लागत बढाउने र व्यापार मार्ग परिवर्तन गर्न सक्ने चेतावनी दिएको छ ।

Previous Post

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

Next Post

ढोरपाटनमा भारी हिमपात

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित
खेलमैदान

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

२० भदौ २०८३,
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
समाचार

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

२० भदौ २०८३,
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह
समाचार

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

२० भदौ २०८३,
Load More
Next Post
ढोरपाटनमा भारी हिमपात

ढोरपाटनमा भारी हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In