• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको दायित्व : प्रधानमन्त्री

by
१९ माघ २०७९,
0
हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र संकटमा पर्दै गएको उल्लेख गरेका छन्। सन्देशमा प्रधानमन्त्री दाहालले सिमसार क्षेत्रको संरक्षण, सम्बद्ध तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

दिवस अवसरमा उनले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गरेका छन् ।

आज फेब्रुअरी २ तारिखका दिन संसारभर ‘आजको आवश्यकताः सिमसारको पुनःस्थापना’ भन्ने संकल्पका साथ विश्व सिमसार दिवस मनाइँदै छ । जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण हुने गरेका, सहरी क्षेत्रका सिमसार प्रदूषित हुने गरेका, पहाडी क्षेत्रमा जथाभावी रुपमा सडक खन्दा र सहरी क्षेत्रमा जथाभावी रुपमा हुने बसाइँसराइ र भौतिक विकास निर्माणले गर्दा सिमसार क्षेत्र नासिँदै गएका छन् ।

पछिल्ला दिनमा जलवायु परिवर्तनको जोखिमका कारण सबैभन्दा बढी नकारात्मक प्रभाव सिमसार क्षेत्रमा पर्ने गरेको छ भने तापक्रम अत्यधिक वृद्धि हुँदा सुख्खा समयमा सिमसारको पानी सुक्ने गरेको र अत्यधिक वर्षाले गर्दा बाढीपहिरो र डुबानको कारण सिमसार क्षेत्र पुरिने गरेका छन् ।

‘सिमसार संरक्षण गर्ने नेपालको आफ्नै मौलिक परम्परालाई सन् १९८८ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई विश्व रामसार सूचीमा सूचीकृत गरेर अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै सिमसार क्षेत्रको जगेर्नामा क्रियाशील रहेको सर्वविदितै छ ।

नेपालमा भएका तालतलैया, ढाव, कुवा, कुलो, खोलानाला गरी करिब पाँच दशमलव पाँच प्रतिशत क्षेत्रफल सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भएका छौँ’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

सिमसार क्षेत्र भएका पारिस्थितिकीय प्रणालीले कार्बन सञ्चिति गर्ने क्षमता बढी हुने र जलवायु अनुकूलन क्षमता समेत बढी हुने हुँदा यिनको संरक्षण, सम्बद्ध र दिगो सदुपयोग अति आवश्यक रहेकामा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, पानीको शुद्धिकरण र पुनःर्भरण, कार्बन सञ्चिति, खाद्यपदार्थको स्रोत सुनिश्चितता, जलवायु जोखिमसँग जुध्नसक्ने क्षमता, जीविकोपार्जनको स्रोत संरक्षण तथा पर्यापर्यटनलाई प्रवद्र्धन गर्न पनि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने उल्लेख गरेका छन् ।

Previous Post

रवि लामिछानेले लेख्छन् – मेरो मौनता आजसम्मका लागि मात्रै हो

Next Post

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In