• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

metakhabar by metakhabar
२४ माघ २०८२,
0
मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा बिस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र संकल्प पत्रहरू लिएर दल तथा उम्मेदवारहरू मतदाताको घरदैलो धाइरहेका छन् ।

आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन । मतदातामा चेतनाको विकास र सामाजिक सञ्जाललगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जबाफदेही बनाउने छन् । पटकपटक आश्वासनमा मतदान गरेका मतदाता यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् ।

निसीखोला गाउँपालिका–६ का ७३ वर्षीय चुनमान घर्तीमगरले जनताका आधारभूत आवश्यकता पूरा गर्ने नेतालाई जिताउनुपर्ने बताए। यसअघिका नेताले आश्वासन मात्रै दिएको उनको गुनासो छ । अहिलेसम्म आफ्नो क्षेत्रमा खानेपानी, शिक्षा र स्वास्थ्यको सहज संविधान नभएको घर्तीमगरको भनाइ छ । चुनावका बेला गरेको बाचा चुनाव सकिएपछि बिर्सिने गरेको उनले बताए ।

‘हामीले पटकपटक जितायौँ, उनीहरूले पद पाए, आफ्नालाई जागिर खुवाए, हामीलाई निराशाबाहेक अरु के दिए ?, यसपटक प्रतिबद्धता मात्रै होइन कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने योजनामा छु, उनले भने, आश्वासन पहिला पाइएको हो, अहिले उही त्यहीँ त होला, हामी सोझा साझा जनता जहिले मारमा मात्रै छौँ ।’

ढोरपाटन नगरपालिका–२ की थमकुमारी खत्रीले किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताइन् । ग्रामीण सडक बाह्रै महिना सञ्चालन नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट हुने गरेको भन्दै चुनावका बेला धेरै नेताले झुटा आशा मात्रै दिएको उनले गुनासो पोखिन् । धेरै वर्षदेखि गाउँमा खानेपानीको समस्या रहेको भन्दै यसको समाधान अहिलेसम्म हुन नसकेको खत्रीको भनाइ छ ।

उनले भनिन्, ‘बहुदल आएपछि हामीलाई नेताहरुले पटकपटक झुक्याएर भोट लगे, चुनाव जितेर गएपछि एक पनि गाउँमा फर्किएर आएनन्, गाउँमा कति धेरै समस्या छन्, समस्या समाधान गर्नका कुनै पनि नेताले सकेनन्, यस क्षेत्रका जनता सधैँ भोट दिने मात्रै भयौँ ।’

बडिगाड गाउँपालिका–८ का निमबहादुर विकले दुर्गम गाउँमा विकास गर्ने नेता अहिलेसम्म नपाएको बताए । गाउँका नागरिकले आधारभूत सेवा पाउनबाट वञ्चित रहेको भन्दै चुनाव जितेपछि उनीहरूको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता विकले सुनाए। धेरैको नजर सहर बजारमा मात्रै पर्दा धेरै दुर्गम बस्तीहरू ओझेलमै परेको उनको भनाइ छ ।

‘सहर बजारमा त विकास भएको छ, तर गाउँमा भौगोलिक विकटतासँग विकासले ठगेको छ, धेरै नेतालाई जिताएर पठायौँ, उनीहरूको नजर यो क्षेत्रमा परेन, विकले भने, सही नेता छन्न नसक्नु हामी जनताको कमजोरी होकी ?, सुरुमा त सबैले यो गर्छु, त्यो गर्छु भन्छन्, गर्लान् भन्ने त हुन्छ तर चुनावपछि नेता नै हराउँछन् ।’

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
सर्लाहीमा मतदाता नामावलीमा पाँच हजार ८१७ नयाँ मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In