• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

metakhabar by metakhabar
१० माघ २०८२,
0
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको पाइएको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् ।

सिकारी ताल, रानी ताल, बाबा ताल, सलगौरी ताल, राधापुर सिमसार क्षेत्र, महाकाली नदी, चौधर नदी तटीय क्षेत्र तथा निकुञ्ज बाहिरको पुरैनी ताल, रतनपुर सिमसार क्षेत्र र बन्दा ताललगायत क्षेत्रमा जलपन्छी गणना गरिएको हो ।

गत वर्ष करिब २१ हजार आठ हजारको हाराहारीमा जलपन्छी गणना गरिएको थियो । यस वर्षको गणनामा सिकारी ताल र पुरैनी तालमा सबैभन्दा बढी जलपन्छी देखिएका छन् ।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार गणनाका क्रममा महाकाली नदीमा ६४५, रानी तालमा २२७, राधापुर सिमसार क्षेत्रमा २१२, रतनपुर फार्मल्यान्डमा ६१८, तारातालमा ४५०, कालिकिचमा ५३, सिकारी तालमा सबैभन्दा बढी २० हजार ९४९, पुरैनी ताल बेलौरीमा एक हजार ५५४, नकैया सिमसारमा ७०, गडविजुला तालमा १३० र बन्दा ताल बेलौरीमा २८१ जलपन्छी देखिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, जेडएसएल शुक्लाफाँटा नेपाल, नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन), मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमाली प्रकृति, आरडब्लु, नेचर गाइड एसोेसिएसन, रानाथारू होमस्टे, कञ्चनपुर पन्छी संरक्षण समूह र नेपाल पन्छीविद् सङ्घको संयुक्त सहभागितामा जलपन्छी गणना गरिएको हो ।

चराविज्ञ हिरुलाल डगौंराले विगतका वर्षको तुलनामा निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको देखिएको बताए ।

पुरैनीताल, बन्दाताल र रानीताल मिचाहा प्रजातिका वनस्पतिका कारण क्रमशः पुरिँदै जान थालेकाले संरक्षण अत्यावश्यक रहेको उनले उल्लेख गरे ।

चराविज्ञ डगौंराका अनुसार यस वर्ष महाकाली नदीमा पानीको बहाव कम देखिएको छ भने निकुञ्जभित्रको रानी तालमा नकर्ट, जलकुम्भी जस्ता वनस्पति फैलिँदा तालको सौन्दर्य घट्दै गएको छ । यद्यपि, सिकारी तालमा जलपन्छीको उपस्थिति अघिल्ला वर्षको तुलनामा निकै राम्रो देखिएकाले उत्साहजनक रहेको उहाँको भनाइ छ ।

“चराको सङ्ख्या बढे पनि बासस्थान भने सङ्कटमा पर्दै गएको छ,” उनले भने, “सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन र जलवायु परिवर्तनका कारण जलपक्षीको बासस्थानमा चुनौती थपिएको छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले तालहरूको निरन्तर संरक्षणका कारण जलपन्छीको सङ्ख्यामा सुधार देखिनु सकारात्मक सङ्केत भएको बताए । उनले सिमसार र चराचुरुङ्गीलाई केवल संरक्षणमा मात्र सीमित नराखी पर्या–पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए।

“तालहरूको प्राकृतिक स्वरूप नबिग्रने गरी वैज्ञानिक व्यवस्थापन गर्दै चरा र सिमसारलाई पर्यटनको माध्यम बनाउनु आवश्यक छ,” संरक्षण अधिकृत झाले भने, “चरा अवलोकनका लागि पर्यटक आउने ठूलो सम्भावना रहेकाले यसको व्यापक प्रचार–प्रसारसँगै संरक्षणमा सबै पक्षको सहकार्य अपरिहार्य छ ।”

संरक्षण अधिकृत झाले चरा र सिमसारको संरक्षणबाट एकातिर जैविक विविधता जोगिने र अर्कोतिर पर्यटनमार्फत राजस्वमा वृद्धि हुने बताए ।

यस कार्यका लागि निकुञ्जका साथै सबै सरोकारवाला निकाय र सहयोगी संस्थाहरूको सक्रिय सहभागिता तथा निरन्तर सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।

Previous Post

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

Next Post

उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि पिआरधारीसम्म

metakhabar

metakhabar

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि पिआरधारीसम्म

उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि पिआरधारीसम्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In