• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘झारा टार्न’ नाका खोल्दै चीन

by
३० भदौ २०७९,
0
नेपाल–चीन नाका अवरुद्ध: नेपालीका लागि चीनको त्रासदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ‘झारा टार्न’ भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो।

चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको भेटमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले बिहीबारदेखि नै सीमा नाका खोल्ने बताएका छन्। नाका बन्द गर्दा अन्तर्राष्ट्रिय रूपमा गलत सन्देश गएकाले चीनले नेपाल आउन मालसामान बोकेर हिँडेका तर चिनियाँ भूमिमै रोकिएका कन्टेनर छाड्न नाका खोल्न लागेको हो।

ट्रान्जिटमा रोकिएका सामान मात्र पठाउनेगरी चीनले बिहीबारदेखि नाका खोल्न लागेको जानकारी अनौपचारिक रूपमा भन्सारका अधिकारीलाई आएको छ। चिनियाँ पक्षले ट्रान्जिटमा रोकिएका सामान पठाउने भन्ने सूचना आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए। ‘अहिले रोकिएका सामान मात्र पठाउने भन्ने सूचना आएको छ,’ उनले भने, ‘बिहीबारबाट चीनतर्फ रोकिएका गाडी छुट्छन्।’

चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनर छाडेर मात्र पठाएर समस्याको समाधान नहुने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। नाका बन्द गर्दा गलत सन्देश गएकाले झारा टार्न रोकिएका सामान पठाउन मात्र नाका खोल्नु दुःखद भएको ती अधिकारीले बताए। ‘चीनले विभिन्न बहाना बनाएर नाका बन्द गर्दै आएको छ,’ ती अधिकारीले भने, ‘अहिले झारा टार्नेगरी नाका खोलेर रोकिएका सामान पठाउने भनेको छ।’ चिनियाँ जनकंग्रेसका अध्यक्ष ली नेपाल आएपछि तातोपानी नाकाबाट लसुन र स्याउ आएको तातोपानी भन्सारका अधिकृत लक्ष्मण बास्तोलाले बताए। ‘अहिले बाटोमै रोकिएका सामान मात्र छाड्ने भनिएको छ,’ उनले भने।

चीनले दुई मुलुकबीचका प्रमुख व्यापारिक नाका तातोपानी–खासा र रसुवागढी–केरुङ बन्द गर्दा नेपाली व्यवसायी ठुलो मर्कामा परेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार भूपेरिवेष्टित मुलुकलाई पारवहन सुविधामा अवरोध गर्न नपाइने भए पनि चीनले विभिन्न बहाना बनाएर बन्द गर्दै आएको छ।

भूपेरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गर्दै आएको छ। सन् २०१६ मा नेपाल र चीनबीच पारवहन सम्झौता समेत भएको थियो। नेपालले चिनियाँ सडक मार्ग हुँदै समुद्रसम्मको पहुँच सुविधा पाए पनि यसलाई पूर्ण उपयोग गर्न पाएको छैन। सीमा नाका खुला गर्दा ‘फ्री तिब्बत’ गतिविधि बढ्न सक्ने बुझाइका कारण चीनले विभिन्न बहाना बनाएर नाकामा कडाइ गर्दै आएको हो। भूकम्पपछि सुरु भएको चीनको व्यापारिक अवरोध अहिलेसम्म विभिन्न बहानामा भइरहेको छ।

भूकम्पपछि नेपालले आफ्नोतर्फको सडक मर्मत गरे पनि चीनले तातोपानी नाका खोल्न चासो दिएको थिएन। त्यसपछि खुलेको नाका कोभिडको बहानामा धेरै समय बन्द भयो। गत महिनादेखि फेरि बन्द छ।

गत आर्थिक वर्षमा चीनबाट २ खर्ब ६४ अर्ब रूपैयाँको सामान आयात भएको थियो। नेपाली व्यवसायीका सामान बोकेका सयौं कन्टेनर चीनतर्फ रोकिएका छन्। लत्ताकपडा, मोबाइल, जुत्ताका कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर चिनियाँ भूमिमै रोकिएको व्यापारी बताउँछन्। दुईवटा नाकाबाट विगतमा दैनिक साढे दुई सयसम्म कन्टेनर आउने गर्थे। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०/४२ दिन लाग्छ। तातोपानी र केरुङ हुँदै सामान आयात गर्दा आधा समय कम लाग्ने भएकाले व्यापारी यतैबाट ल्याउन चाहन्छन्। Nagariknews

Tags: chinanepal china boarderचीनतातोपानी–खासानेपाली व्यवसायी\रसुवागढी–केरुङव्यापारिक नाका
Previous Post

कार दुर्घटनामा परेका युक्रेनी राष्ट्रपति जेलेन्स्की सकुशल

Next Post

भारतीय सेनाध्यक्ष पाण्डेले भने – नेपालले निर्णय नगरे ‘अग्निपथ योजना’ कटौती हुन्छ

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
भारतीय सेनाध्यक्ष पाण्डेले भने – नेपालले निर्णय नगरे ‘अग्निपथ योजना’ कटौती हुन्छ

भारतीय सेनाध्यक्ष पाण्डेले भने – नेपालले निर्णय नगरे ‘अग्निपथ योजना’ कटौती हुन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In