• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचन आचारसहिंता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता

metakhabar by metakhabar
५ माघ २०८२,
0
सर्लाहीमा मतदाता नामावलीमा पाँच हजार ८१७ नयाँ मतदाता थपिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो ।

नेपाली कांग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

नेकपा (एमाले), कास्कीका उपाध्यक्ष भेषराज बरालले उम्मेदवारले भयरहित वातवरणमा आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए । नेपाली कम्युनिष्ट पार्टी, कास्कीका संयोजक विश्वप्रकाश लामिछाने आचारसंहिता पालनामा विगतका निर्वाचनमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने बताए । संसदीय पत्रकार मञ्च, गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले विगतका उदाहरणबाट राजनीतिक दल र सञ्चारमाध्यमबाटै आचारसंहिता उल्लङ्घनका घटना बढी हुने गरेको पाइएको बताए । उनले पत्रकारलाई निर्वाचनसम्बन्धी समाचार सङ्कलनमा सहज पहुँच दिनुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन सफल पार्न सबै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताइन् । निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उनको भनाइ छ । तीनै तहका सुरक्षा निकाय सम्मिलित सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा गइसकेको प्रजिअ शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटिनेछन् ।

मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताउनुभयो । “आचारसंहिता आफैँमा कानुनी दस्तावेज त होइन, तर यसको उल्लङ्घन हुँदा कानुन आकर्षित हुन्छ”, उनले भने “आचारसंहिता उल्लङ्घनका घटनामा उम्मेदवारको मनोनयन नै रद्दसमेत हुन सक्ने अवस्था आउन सक्छ ।” मुख्य निर्वाचन अधिकृत बेलबासेले सबैको लक्ष्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको बताए ।

सहायक निर्वाचन अधिकृत राजन खनालले मङ्गलबार हुने उम्मेदवार मनोनयनको तयारी पूरा भएको बताउनुभयो । उहाँले एकै पटकमा भीडभाड हुन नदिन राजनीतिक दलहरुलाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको बताउनुभयो । कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइट र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने सहायक निर्वाचन अधिकृत खनालले बताए ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता–२०८२ का विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उनले आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवारलगायत जो कोहीलाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्मको कानुनी व्यवस्था रहेको बताए । “आचारसंहिता विपरीत मिथ्यापूर्ण सूचना सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने, र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई रु एक लाखसम्मको जरिवानासहित कानुनी कारबाही हुन्छ”, उनले भने , “आचारसंहिता पालनाका सन्दर्भमा प्रभावकारी अनुगमन र निगरानी हुन्छ ।”

Previous Post

बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

Next Post

गगन थापासमुहसँग एकता गरेर जाने शेखर पक्षको तयारी झुट्टो : सचिवाल

metakhabar

metakhabar

सम्बन्धित खबर

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
Load More
Next Post
गगन थापासमुहसँग एकता गरेर जाने शेखर पक्षको तयारी झुट्टो : सचिवाल

गगन थापासमुहसँग एकता गरेर जाने शेखर पक्षको तयारी झुट्टो : सचिवाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In