• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, ८ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

    संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

    प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

    अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    उग्रतारामा आज भव्य मेला लाग्दै

    उग्रतारामा आज भव्य मेला लाग्दै

    चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

    चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ माघ २०८२,
0
जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मन्थली (रामेछाप), ४ माघ : यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार रामेछाप ६ ओख्रेनीका हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ र वडा नं ७ सुकाजोरका रामकुमार कार्कीलगायत युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको जानकारी दिनुभयो ।

उहाँले अन्य किसानको भन्दा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको जुनार बगैँचा राम्रो र धेरै फल्ने गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरू विदेशमा मेहेनत गर्ने बानी परेर होला आफ्नो जुनार बगैँचामा पनि पर्याप्त समय दिनुहुन्छ, अनि बगैँचा राम्रो र सफा भएपछि दाना पनि चिल्ला र ठूलो हुने गरका छन्, अरु जुनार किसानको तुलनामा उहाँहरूको जुनार बढी बिक्री हुने गरेको जानकारी मलाई प्राप्त भएको छ ।”

जुनारखेती गरेको जमिनबाट दोहोरो आम्दानी पनि हुने गरेको छ । जुनार बगैँचाभित्र तोरी, भटमासलगायत कोसेबाली, बन्दा, काउली, मुला, साग, गाँजर, लसुन, प्याजजस्ता तरकारी बालीसमेत उत्पादन गरी थप आम्दानी लिन सकिने रामेछाप नगरपालिका–७ की किसान ज्ञानुका कार्की बताउनुहुन्छ ।

जुनारखेतीबाट दोहोरो आम्दानी लिन सकिने भएकाले उनीहरूको आकर्षण यस खेतीतर्फ बढेको हो । बर्सेनि जुनारखेती विस्तार गर्दै गएमा उत्पादन वृद्धि हुने र जुनारले उत्पादन दिन थालेपछि बगैँचाबाटै प्रतिकिलो रु ६० देखि ८० सम्ममा बिक्री हुने गर्दछ । जुनार बगैँचाभित्रको तरकारी तथा कोसे बालीले पनि राम्रो आम्दानी दिने गरेको कार्कीले बताउनुभयो । यसरी जुनारबाट दोहोरो फाइदा हुन थालेपछि पछिल्लो समयमा यहाँका किसान जुनारखेतीतर्फ अकर्षित भएका हुन् ।

विदेशको जति स्वदेशमै मेहेनत गर्ने हो भने वैदेशिक रोगजारीभन्दा कम यस खेतीबाट पनि नहुने किसानहरूको दाबी छ । आफू भारतको गुजरातमा २५ वर्ष बसेर चालकको काम गरे पनि त्यहाँको आम्दानी खासै चित्त नबुझेर स्वदेशमै केही गर्ने अठोटका साथ गाउँ फर्किएर करिब २० रोपनी जमिनमा जुनारखेती गरेको र त्यसमा आफू सन्तुष्ट रहेको रामेछाप नगरपालिका–६ का युवा व्यवसायी हिमाल तामाङले बताउनुभयो ।

यसअघि आफू वैदेशिक रोजगारीका क्रममा मलेसिया गएको र पाँच वर्ष बसेर धेरै दुःख गर्दा पनि सन्तोषजनक आम्दानी नभएकाले आफू स्वदेश फर्केर करिब १५ रोपनी जग्गामा जुनारखेती गरेको अर्का किसान रामकुमार कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशमा जाने पैसा लागनी गरेर स्वदेशमै केही गर्ने होभने धेरै दुःख नगरी परिवारसँग रमेर बस्न पाइन्छ । खाडी मुलुकमा गएर पैसा कमाएर ल्याउने सपना बोकेर जाने युवाहरूले स्वदेशमै उपयुक्त वयवसाय छानेर काम गर्ने होभने पक्का पनि विदेशको भन्दा राम्रो आम्दानी हुनेरहेछ ।”

आफूले लामो समय खाडी मुलुकमा बसेर काम गरेको, आफूजस्ता लेखपढ नभएकालाई विदेशमा पनि सजिलो काम पाउन मुस्किल भएकाले त्यहाँको काम छाडेर स्वादेश फर्किएको, साथीभाइको अनुरोधमा करिब सात रोपनी जग्गामा गरेको जुनारखेतीबाट आफू सन्तुष्ट भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान टेकबहादुर तामाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब म फेरि तीन सय बोट थप जुनार रोपेर यसलाई नै राम्रो स्याहार गर्छु ।”

गत वर्ष रामेछाप जिल्लामा पाँच सय ४० हेक्टर क्षेत्रमा जुनार तथा सुन्तलाको खेती गरिएको भए पनि चालु आवमा लिखु तामाकोसी गाउँपालिकामा एक सय हेक्टर थप भएकाले हाल छ सय ४० हेक्टरमा जुनारखेती भइरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मन्थलीका नायब प्राविधिक सहायक भवानी बस्नेतले बताउनुभयो ।

परियोजनाले रामेछाप, मन्थली नगरपालिका तथा लिखु तामाकोसीको केही वडालाई जुनार जोनका रूपमा लिई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जुनार उत्पादनका लागि आवश्यक प्राविधिक सहयोग, चिस्यान केन्द्र निर्माणलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले जुनार किसानलाई बजारको कुनै समयस्या नहुने बताउनुभयो । किसानले उत्पादन गरको जुनारले बजार नपाउने समस्या हामी हुन दिँदैनौँ, अन्यत्र जिल्लासँग समन्वय गरेर बिक्रीका लागि सहजीकरण गर्नेछौँ भन्नुभयो ।

हिजोआज बगैँचाबाट प्रतिकिलो रु ६० देखि ७० र बजारमा रु ८० देखि एक सयसम्ममा बिक्री हुँदै आएको छ । यहाँ उत्पादन भएका जुनार छिमेकी जिल्ला सिन्धुली, दोलखा र राजधानी काठमाडौँसम्म पठाएर बिक्री गरिने गरिएको छ । रामेछापमा उत्पादनमा सहजता तथा बजारको समस्या नभएका कारण पनि यो व्यवसायप्रति किसानको आकर्षण बढेको पाइन्छ ।

दैनिक रूपमा हजारौँका सङ्ख्यामा विदेशिने युवालाई यस्ता कृषि कर्ममा स्थानीय पालिकाहरूले विभिन्न अनुदान दिएर लगाउन सके रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुने जुनार समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्की बताउनुहुन्छ ।

अघिल्लो समाचार

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

अर्को समाचार

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै
आर्थिक

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

८ मंसिर २०८३,
संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा
आर्थिक

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

८ मंसिर २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत
अन्तर्राष्ट्रिय

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

८ मंसिर २०८३,
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित
समाचार

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,
उग्रतारामा आज भव्य मेला लाग्दै
समाचार

उग्रतारामा आज भव्य मेला लाग्दै

८ मंसिर २०८३,
चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै
समाचार

चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

८ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

८ मंसिर २०८३,
संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

८ मंसिर २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

८ मंसिर २०८३,
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,
उग्रतारामा आज भव्य मेला लाग्दै

उग्रतारामा आज भव्य मेला लाग्दै

८ मंसिर २०८३,
चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

८ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन