• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

metakhabar by metakhabar
२४ पुस २०८२,
0
अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई भिसा प्रक्रियामा कडाइ गरिने देशहरूको सूचीमा सूचीकृत गरेको छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो निर्णयअनुसार, अब ‘टुरिस्ट’ (पर्यटक) वा ‘बिजनेस’ (व्यापारिक) भिसाका लागि आवेदन दिने नेपाली नागरिकले ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी (बन्ड) राख्नुपर्ने भएको हो ।

अमेरिकी सरकारको आधिकारिक वेबसाइट ‘ट्राभल डट स्टेट डट गभ’ मा जारी सूचनाअनुसार, नेपालसहित एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका ३८ देशका नागरिकमाथि यो नियम लागू हुनेछ । आगामी माघ ८ गते (जनवरी २१) देखि कार्यान्वयनमा आउने यो व्यवस्थाले अमेरिका जाने सपना बुनिरहेका नेपालीहरूमाथि आर्थिक भार थपिएको छ ।

दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिलाई थप कठोर बनाउँदै लगेको छ । ‘भिसा ओभरस्टे’ अर्थात् भिसाको म्याद सकिएपछि पनि अमेरिकामा लुकिछिपी बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो ‘भिसा बन्ड’ प्रणाली ल्याइएको अमेरिकी अधिकारीहरूको दाबी छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले आवेदकको अवस्था हेरी ५ हजार, १० हजार वा १५ हजार डलर धरौटी राख्नुपर्ने निर्णय गर्नेछन् । यो रकम बुझाउँदैमा भिसा सुनिश्चित भने हुने छैन । साथै, अमेरिका पुगेर तोकिएको समयभित्र स्वदेश नफर्किएमा वा शरणार्थीका लागि आवेदन दिएमा उक्त धरौटी रकम जफत हुने कडा प्रावधान राखिएको छ ।

विज्ञहरूको चिन्ता
नेपाललाई भेनेजुएला, क्युबा र भुटानजस्ता मुलुकहरूको सूचीमा राखेर हेरिनुलाई कूटनीतिक मामिलाका जानकारहरूले गम्भीरतापूर्वक लिएका छन् । पूर्वराजदूत एवं प्रधानमन्त्रीका पूर्व परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले नेपालको तुलना प्रतिबन्धित मुलुकहरूसँग गरिनु अस्वाभाविक रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘हाम्रा नागरिकहरू कानुन पालना गर्नेमै पर्छन् । तर, यो निर्णयको गहिराइमा भूराजनीतिक आयाम हुन सक्छ । नेपालमा वामपन्थी प्रभाव बढेको वा उत्तरी छिमेकी चीनसँगको हिमचिमलाई लिएर अमेरिकी प्रशासन सशङ्कित भएको हुन सक्छ ।’

त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उपप्राध्यापक एवं आप्रवासनविज्ञ केशव बस्यालले यो निर्णयले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने बताए । उनले भने, ‘केही मानिसले अवैध बाटो रोज्दाको परिणाम वैध रूपमा जानेहरूले भोग्नुपरेको छ । यो व्यवस्थाले छोराछोरीको दीक्षान्त समारोहमा जाने अभिभावक र सामान्य पर्यटकलाई ठूलो आर्थिक मर्का पर्नेछ ।’

यो नियमअनुसार धरौटी रकम फिर्ता पाउनका लागि यात्रुले तोकिएको समयमै अमेरिका छाड्नुपर्नेछ । यसअघि नमुना कार्यक्रमका रूपमा लागू गरिएको व्यवस्थामा बोस्टन, न्युयोर्क र वाशिङ्टन डीसीजस्ता सीमित नाकाबाट मात्र बाहिरिनुपर्ने सर्त राखिएको थियो ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२५ मा मात्रै अमेरिकाले ४६२ जना नेपालीलाई देशनिकाला (डिपोर्ट) गरेको थियो । अमेरिका नेपाली विद्यार्थीहरूका लागि प्रमुख शैक्षिक गन्तव्य र नेपाली मूलका मानिसहरूको बाक्लो बसोबास रहेको मुलुक हो । तर, यो नयाँ धरौटी नीतिले अमेरिकालाई ‘सपनाको देश’ मान्ने मध्यम वर्गीय नेपालीहरूका लागि यात्रा थप चुनौतीपूर्ण र महँगो बनाइदिएको छ ।

Previous Post

कञ्चनजङ्घा आधार शिविर सुनसान, तर विदेशी पर्यटकको संख्या बढ्दै

Next Post

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

metakhabar

metakhabar

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
Load More
Next Post
ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In