• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यमन वार्ताअघि पृथकतावादी नेता भागेको साउदीको दाबी

metakhabar by metakhabar
२४ पुस २०८२,
0
यमन वार्ताअघि पृथकतावादी नेता भागेको साउदीको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई (संयुक्त अरब इमिरेट्स) । साउदी अरेबियाले बुधबार यमनका एक प्रमुख पृथकतावादी नेता दक्षिणी यमनको भविष्यबारे वार्ताका लागि राज्यको यात्रा गर्ने भन्दै अज्ञात स्थानतर्फ ‘भागेको’ दाबी गरेको छ । साउदी पक्षका अनुसार उक्त घटनाले यमनमा बढ्दै गएको राजनीतिक तथा सैन्य तनावलाई अझ स्पष्ट बनाएको छ ।

यमनमा साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मल्कीले जारी गरेको वक्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) द्वारा समर्थित दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) र यमन सरकारबीचको पछिल्लो तनावपूर्ण अवस्थालाई उल्लेख गरिएको छ । उनका अनुसार काउन्सिलका अध्यक्ष एडारोस अल–जुबैदी साउदी अरेबियाको उडानमार्फत वार्ताका लागि जान लागेका थिए । तर काउन्सिलका अन्य अधिकारीहरू उडानमा सहभागी भए पनि अल–जुबैदी भने अन्तिम समयमा उडानमा नचढेको साउदी पक्षको भनाइ छ ।

प्रवक्ता अल–मल्कीले भने, “वैध सरकार र गठबन्धनले अल–जुबैदीले बख्तरबन्द सवारीसाधन, लडाकू सवारी, भारी तथा हल्का हतियार र ठूलो मात्रामा गोलाबारुदसहितको सैन्य परिचालन गरिरहेको सङ्केत गर्ने खुफिया जानकारी प्राप्त गरेका थिए ।” उनका अनुसार सोही सूचनापछि अल–जुबैदी ‘अज्ञात स्थानतर्फ भाग्नुभएको’ थियो ।

एसटिसीका तर्फबाट भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । काउन्सिलका अधिकारीहरू सम्पर्कमा नरहेको जनाइएको छ ।

पछिल्ला हप्ताहरूमा साउदी अरेबियाले एसटिसीका विभिन्न ठेगानामा हवाई आक्रमण गरेको र ती क्षेत्रमा एमिराटी हतियारहरूको ढुवानी भइरहेको दाबी गरेको थियो । साउदी पक्षको बढ्दो दबाब र यमनबाट हुथी विरोधी फौज फिर्ता लिन अल्टिमेटम दिइएपछि संयुक्त अरब इमिरेट्सले शनिबार आफ्ना सैनिक फिर्ता लिएको जानकारी दिएको छ ।

यमनमा बढ्दो तनावले साउदी अरेबिया र युएईबीचको सम्बन्धलाई थप चिस्याएको देखिन्छ । विशेषगरी लाल सागर क्षेत्रको प्रभाव र रणनीतिक नियन्त्रणका विषयमा अरब प्रायद्वीपका यी छिमेकी मुलुकहरू आर्थिक मुद्दा र क्षेत्रीय राजनीतिमा प्रतिस्पर्धी रहँदै आएका छन् ।

यद्यपि, साउदी अरेबिया र युएई दुवैले सन् २०१४ देखि यमनको राजधानी सानामा नियन्त्रण जमाउँदै आएका इरानी समर्थित हुथी विद्रोहीहरूविरुद्ध लड्ने साझा लक्ष्य रहेको दाबी गर्दै आएका छन् । तर यमनको आन्तरिक शक्ति सङ्घर्ष र पृथकतावादी गतिविधिले उक्त गठबन्धनभित्रकै मतभेद र अविश्वासलाई उजागर गरिरहेको विश्लेषकहरू बताउँछन् ।

Previous Post

राष्ट्रपतिसँग बिदाइ भेट

Next Post

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास
आर्थिक

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

३ बैशाख २०८३,
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

३ बैशाख २०८३,
भारतमा महिला आरक्षण विधेयक बहसमा
अन्तर्राष्ट्रिय

भारतमा महिला आरक्षण विधेयक बहसमा

३ बैशाख २०८३,
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
अन्तर्राष्ट्रिय

पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

३ बैशाख २०८३,
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
आर्थिक

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

३ बैशाख २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

३ बैशाख २०८३,
Load More
Next Post
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In