• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा

metakhabar by metakhabar
२१ पुस २०८२,
0
संसद पुनःस्थापना प्राथमिकता हो, शान्तिपूर्ण वातावरणमा हुने चुनावको सामना गर्न एमाले तयार छ- ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद (आवागमन प्रतिबन्ध) फुकुवा गरिएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले सो निर्णय गरेको हो।

आयोगका प्रवक्ता तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माका अनुसार सोमबार बसेको आयोगको बैठकले ओलीमाथि लगाइएको स्थान हद हटाउने निर्णय गरेको हो। यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओलीमाथि आयोगले छानबिनका लागि स्थान हद तोकेको थियो।

गत असोज १२ गते बसेको आयोगको बैठकले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भएका कामकारबाहीबारे सोधपुछ आवश्यक रहेको भन्दै ओलीलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै उपत्यका बाहिर जान नपाउने व्यवस्था गरेको थियो।

तर छानबिन प्रक्रिया अन्तर्गत आवश्यक सोधपुछ सम्पन्न भइसकेकाले लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको आयोगले जनाएको छ। सोही आधारमा ओलीमाथिको स्थान हद फुकुवा गरिएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

May be an image of text

जेनजी छानबिनमा सबैको स्थानहद फुकुवा

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासम्बन्धी छानबिनमा रहेका सबै व्यक्तिहरूको स्थानहद (आवागमन प्रतिबन्ध) जाँचबुझ आयोगले फुकुवा गरेको छ। यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन काठमाडौँ जिल्ला प्रमुख छविलाल रिजाल, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापालाई असोज १२ गते स्थानहद लगाएको थियो। उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको अनुमति बाहेक काठमाडौँ उपत्यका छोड्न नपाउने व्यवस्था गरिएको थियो।

पूर्वगृहसचिव दुवाडी, पूर्वआईजीपी खापुङ र पूर्वप्रमुख जिल्ला अधिकारी रिजालको स्थानहद फुकुवा पुस ७ गते भएको थियो भने अनुसन्धान प्रमुख थापाको स्थानहद पहिले नै फुकुवा गरिएको थियो। पूर्वगृहमन्त्री लेखकको स्थानहद फुकुवा पुस १७ गते आयोगले गरेको थियो।

यससँगै जेनजी आन्दोलन घटनासम्बन्धी छानबिनमा रहेका सबैका लागि लगाइएको आवागमन प्रतिबन्ध हटेको छ। आयोगले छानबिन पूरा भइसकेको र अब तिनीहरूलाई आफ्नो सामान्य गतिविधिमा सहभागी हुन अनुमति रहेको जनाएको छ।

Previous Post

गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

Next Post

दिल्लीमा दाहाल र भारतीय सुरक्षा सल्लाहकार डोभालबीच भेट

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
दिल्लीमा दाहाल र भारतीय सुरक्षा सल्लाहकार डोभालबीच भेट

दिल्लीमा दाहाल र भारतीय सुरक्षा सल्लाहकार डोभालबीच भेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In