• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शीतलहरबाट पठनपाठनमा समस्या

metakhabar by metakhabar
१४ पुस २०८२,
0
शीतलहरबाट पठनपाठनमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् ।

पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका छन् ।

सूचना जारी गर्ने स्थानीय तहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाले आज एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ ।

‘भोलि मङ्गलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, आज र भोलिसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र भनेका हौँ’ शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भने, ‘त्यसपछि मौसमअनुसार फेरि निर्णय गरिने छ ।’ अधिकांशले भने तीन र पाँच दिन बिदा दिने जनाएका छन् ।

‘अहिले धेरै जाडो बढेको हुँदा शुक्रबारसम्मको बिदा दिने भनेका छौँ, बीचको मौसमअनुसार चाँडै विद्यालय खुल्न पनि सक्छन्’ मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले भने । यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर सुरु भएलगत्तै गत मङ्गलबार नै बिदाको सूचना जारी गरेका थिए ।

बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहको भनाइ छ ।

‘जाडो बढेको छ, स–साना नानी त विद्यालय आउनै पनि छाडिसकेका छन् , यो अवस्थामा बिदा दिने निर्णय गरियो’ उनले भने ।

स्थानीय तहहरुले यो जाडो बिदा बर्खे बिदामा मिलान गरिने स्पष्ट पारेका छन् । स्थानीय तहले बिदा सूचना अघिपछि जारी गरेपनि जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आधारभूत तहका विद्यालयमा गत मङ्गलबारदेखि नै बालबालिका जान छाडेका थिए ।

जिल्लाका करिब सबै भेगमा पछिल्लो एक सातायता बाक्लो हुस्सुले ढाक्दै आएको छ । पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभई हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।

Previous Post

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

Next Post

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

metakhabar

metakhabar

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In