• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ शैलीमा मानव बेचबिखन: सीमानाका जोखिममा

metakhabar by metakhabar
१३ पुस २०८२,
0
नयाँ शैलीमा मानव बेचबिखन: सीमानाका जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ ।

मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताए।

गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बन्दै गएको छ । संयोजक भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

“पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढेको छ”, उनले भने, “पछिल्लो समय मानव तस्करहरूले बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन् ।”

उनका अनुसार बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ । जसमा अन्तरराष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार (रोकथाम) गरेको छ ।

संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदनअनुसार उद्धार गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला छन् । उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ जना र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन् ।

उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन् । जिल्लागत रूपमा कञ्चनपुरका एक सय, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका आठ जना छन् ।

पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ । सन् २०२३ मा २५, सन् २०२४ मा १४ र सन् २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावादलगायत सहरबाट आठ बालिका र दुई महिलाको उद्धार गरिएको हो । यसै अवधिमा माइती नेपालमा १८९ वटा खोजतलासका निवेदन दर्ता भएका छन् । तीमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ । खोजतलासका लागि निवेदन परेकामध्ये सुदूरपश्चिम प्रदेशकै नागरिकको सङ्ख्या १६३ रहेको छ ।

मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार ८५८ सवारीसाधन जाँच गरेको छ । यस क्रममा ४४ हजार ५८१ जनालाई सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ । साथै २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छभने २१७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको माइती नेपालका संयोजक भट्टले बताए । प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चारवटा र मानव बेचबिखनसम्बन्धी एकवटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेका छन् ।

खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको संयोजक भट्टको भनाइ छ ।

Previous Post

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

Next Post

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन
फिचर-ब्यानर

दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

२२ असार २०८३,
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

२२ असार २०८३,
Load More
Next Post
सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In