• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१२ पुस २०८२,
0
पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि तीन किलोमिटर ५०० मिटर दुरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०÷०८१ देखि पखेर–बरङ्जा ३ र ४ हँुदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो ।

एनके–युनाइटेड जेभीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको योजनाको ९२ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले जानकारी दिनुभयो ।

“अठार महिनाको ठेक्का आवधी भएको यो योजनालाई निर्धारित समयभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेको छ,” उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०÷०८१ देखि म्याग्दीमा सुरु भएका सात वटा सडक र दुई वटा मोटरेबल पुलमध्य पखेर–बरङ्जा सडकको प्रगति अन्य योजनाको तुलनामा अगाडी छ ।”

विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ । घुम्ति र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्राभेल भएको सडकको बर्खामा भत्किएको पर्खाल पुनःनिर्माण र बाँकी संरचना निर्माणलाई पूर्णता दिन लागिएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

खर्कटोलका बासिन्दा मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलब पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ति, ग्रेड नमिलेको, साघुरो सडक जोखिमयुक्त थियो । “यसअघि जिप, ट्याक्सी र ट्याक्टर मुस्कीलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन,” उहाँले भन्नुभयो “बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्राअवधी ३० मिनेटमा छोटिएको छ ।”

भिरालो पाखाको घुम्तिमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ । बरङ्जामा उत्पादन भएको दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ । बरङ्जादेखि थामडाडा–सुर्केमेला हँुदै बेनी जोड्ने घुमाउरो कच्चि सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताउनुभयो ।

मार्ग खुलेको १७ वर्षपछि सडक स्तरोन्नति भएकोमा बरङ्जाबासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताउनुभयो । “अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकोमा खुसी छौँ,” उहाँले भन्नुभयो, “पखेरदेखि झाक्री पानीसम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो ।”

सडक निर्माणकार्यको शुक्रबार अनुगमनका लागि बरङ्जा पुगेका म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीलाई स्थानीयबासीले ग्राभेल भएको सडकलाई पक्की बनाउन, झाँक्रीपानी र बुकेनी, धापुङ हुदै ताराखोलाको सिर्पुतर्फ स्तरोन्नतिको योजनाका लागि पहल गर्न आग्रह गरेका थिए ।

स्थानीयबासीसमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनलगायतले सडक स्तरोन्नति योजनालाई निरन्तरताका लागि पहल गर्न प्रस्ताव गर्नुभएको थियो । विसं २०८० मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्री जुग्जालीले प्रदेश सरकारबाट रु १० करोड बजेटको स्रोत सुनिश्चतता गराई बहुवर्षीय ठेक्का लगाइएको थियो ।

“चालु आर्थिक वर्षमा रु एक करोड ३९ लाख बजेट बिनियोजन भएको यस योजनाका लागि आवश्यक पर्ने थप बजेट ब्यवस्थापनका लागि सरकारसँग पहल भइरहेको छ,” जुग्जालीले भन्नुभयो “मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक योजनाको निरन्तरताका लागि पनि प्रयास गरेका छौँ ।” बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो ।

अघिल्लो समाचार

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

अर्को समाचार

नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित

नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन